रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ११ गते साधारणसभा आह्वान गरेको छ ।
साधारणसभामा लाभांश सहितका अन्य विभिन्नहरु प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीको सभामा पेश हुने प्रस्तावमा सामान्य प्रस्तावमा सञ्चालक समितिको आ.ब.२०७६/७७ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने, कम्पनीको आ.ब.२०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने, संचालक समितिले प्रस्ताब गरे बमोजिम प्रति शेयर रु.५.२६३२१- अर्थात रु. ११,०५,२७,२००/- नगद लाभांश (प्रस्तावित नगद लाभांश बापतको कर सहित) वितरण गर्न स्वीकृत गर्ने, संचालक समितिमा साधारण शेयरधनी समूह(ख)बाट प्रतिनिधित्व गर्ने (दुई) जना संचालकको निर्वाचन गर्ने रहेका छन् ।
बिशेष प्रस्तावमा कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।३. कम्पनीले आ.व. २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम रु. ७,५०,०००/- कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने रहेका छन् ।