Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

६० अंकले बढ्यो नेप्से, साना लगानीकर्तालाई केही राहत ।

दोभानचौर खबर by दोभानचौर खबर
October 20, 2021
in अर्थतन्त्र
0
६० अंकले बढ्यो नेप्से, साना लगानीकर्तालाई केही राहत ।
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बुधबार शेयर बजार परिसूचक नेप्से ६०.५६ अंकले बढेको छ । यो वृद्धि संगै नेप्से सूचक २५७१.६६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २१७ कम्पनीका ६१ लाख १ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सबै भन्दा धेरै ९ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ५.८१ प्रतिशत र हाइड्रो समुह ४.३१ प्रतिशतले बढेको छ ।
।

आज मैलुंग खोला जलविद्युत कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, र युनिभर्सल पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सीइडिबी हाइड्रो, नेशनल हाइड्रो, युनाईटेड मोदी, मेरो माइक्रो फाइनान्स र अरुण भ्यालीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज बजार पुँजीकरण ८४ अर्ब ७८ करोडले बढेर ३६ खर्ब माथि पुगेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार ब्याजदर बारेको नयाँ सर्कुलर जारी गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो । बैंकहरुले आफु खुसी अधिक ब्याज दर निर्धारण गर्न थालेपछि नेपाल राष्ट्र बैंकले मंगलबार अबेर नयाँ निर्देशन जारी गरेको हो । 

 जस अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्। यस अघि यस्तो सीमा नरहेको अब १० प्रतिशतको सीमा लगाईएको हो  ।

त्यस्तै संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

२०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको व्याजदर यी २ ब्यबस्था बमोजिम नभएको भए सो व्याजदरमा समेत संशोधन गरि कार्तिक ३ गते बुधवार  भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो ब्याजदर कार्तिक ०५ भित्र दैनिक पत्रिकामासमेत प्रकाशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस संगै अब अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशत भन्दा बढीले नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकले ब्याजदर घटाउनु पर्ने भएको छ  । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि यो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकको ब्याजदर समबन्धि यस निर्देशनले आज बजारमा सकारात्मक प्रभाव परेको छ ।

Previous Post

नेपाल राष्ट्र बैंकद्वारा बढाईएको ब्याजदर सच्याउन निर्देशन, लगानीकर्तामा शेयर बजार बढ्ने आशा

Next Post

गजल

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
गजल

गजल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार