Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्त्री ज्यु विदेश भ्रमणमा जाँदा सधैं श्रम सम्झौता मात्र गरेर फर्कनु हुन्छ, व्यापार सम्झौता पनि गरेर फर्कदा हुन्न र !

दोभानचौर खबर by दोभानचौर खबर
May 3, 2023
in बिचार
0
मन्त्री ज्यु विदेश भ्रमणमा जाँदा सधैं श्रम सम्झौता मात्र गरेर फर्कनु हुन्छ, व्यापार सम्झौता पनि गरेर फर्कदा हुन्न र !
10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

नेपालको शिक्षा प्रणाली र विदेश पलायन हुने दक्ष जनशक्ति नेपाल मै उत्पादन र आपूर्ति गर्ने कारखाना कहिले सम्म बन्ने होला र नेताज्यु……
रोजगारीका लागि दैनिक रुपमा लाखौं उर्जाशिल युवाहरु विदेश पलायन हुँदा देश विकासमा दक्ष जनशक्तिको अभाव भएको छ। विदेश मोहले गाँऊ वस्तीमा मलामी र जन्ती जाने तन्नेरीको अभाव छ ।  साथै, श्रमिक अभावका कारण कृषियोग्य जमिन बञ्जर बनेको छ । उत्पादनका क्रियाकलाप शिथिल छन्। र आधारभूत खाद्यान्न समेत आयात गर्नुपर्ने अवस्था छ। युवा जनशक्ति दिशहीन भएर बरालिएको, आफ्नो भविष्य स्वदेशमा नदेखेर विदेश जान भौंतारिएको देखिन्छ । नेपाली युवा थप आकर्षक कमाइका लागि भन्दा पनि रोजीरोटीका लागि विदेश जान बाध्य भएका छन् । प्रतिकूल मौसम, असुरक्षित कार्यस्थल, कडा परिश्रम लगायत कारण बर्सेनि हजारभन्दा बढीले विदेशी भूमिमा ज्यान गुमाएको तीतो यथार्थ छ, भने अर्को तिर शिक्षाका लागि भनेर बर्सेनि लाखौं विद्यार्थीहरु पनि बाहिरिरहँदा अर्र्बौ पैसा बाहिरिने गरेको छ।

शिक्षा नीतिको अभावमा नेपालको शिक्षा प्रमाणपत्र उत्पादन गर्ने कारखाना जस्तै बनेको पाइन्छ । बजार क्षेत्रमा जनशक्तिको अभाव छ । तर, वर्षेनी लाखौ युवा विदेशिनु पर्ने विवशता छ । सीप र कार्य दक्षताको अभावमा युवा शक्ति डिग्री समाएर बेरोजगार बन्न बाध्य छ । सरकारले न कुनै रोजगारी दिन सकेको छ, न युवालाइ भोलिको दिनमा आत्मानिर्भर हुने , रोजगारीको बाटो खुल्ने शिक्षा नै दिन सकेको छ। चुनावका बेला मत प्राप्तीका लागि दिइएका घोषणाहरु हाल आश्वासनमा मात्रै सिमित भएपछि युवाहरूलाई विदेशिन बाध्य छन् । यसको बारेमा अब पनि सरकारले नसोच्ने हो भने हाम्रो देश नेपाल कहिले बन्ला र ?

नेपालमा नै केही गर्नुपर्छ भन्ने भावना युवामा एक पटक अवश्य आउँछ तर जब परिवारमा आर्थिक विषयको प्रवेश गर्दछ, तब सबै ढोकाहरू बन्द भइदिन्छन् अनि वैदेशिक यात्राको ढोका खोल्नु बाहेक अरु उपाय देखिँदैन। केही सामान उत्पादन गरौँ बजार छैन । भनिन्छ, उत्पादन गरिए पनि सामानको मूल्य पाउन उति नै मुस्किल हुन्छ । उत्पादन मूल्यभन्दा आयातित वस्तुको मूल्य कम हुन्छ। अनि कसरी बिक्री होस् रु त्यहाँ पनि घाटा,नेपाल सरकारलाई ठाउँपिच्छे कर, केही प्रक्रियामा त्रुटी भए जरिवाना अनि कसरी टिक्न सक्ने नेपालमा ?

सरकारले आगामी दिनमा नीतिगत रुपमा उद्योग स्थापनालाई मुख्य प्राथमिकता नराखेसम्म या त युवाहरुलाइ स्वदेशमै रोजगारी गर्ने वातावरण सृजना नगरेसम्म जोसुकै नेता आए पनि केही हुनेवाला छैन। उद्योग , कलकारखाना स्थापना गरेर धेरै भन्दा धेरै युवालाई रोजगारी दिनको लागि अबको सरकार लागि पर्नुपर्ने देखिन्छ। होइन भने अबको विकल्प शैक्षिक प्रणाली नै परिमार्जन गरी उच्च शिक्षामा जापानिज, अंग्रेजी, अरबी, कोरीयन भाषाका साथै विदेशमा गएर काम लाग्ने सीपहरू कोर्समा राख्दा कसो होला ?

मन्त्रीज्यु अब विदेश भ्रमण जादा श्रम सम्झौता हैन व्यापार सम्झौता गरेर फर्किने गर्नुस। नेपाली युवाहरुले कहिले सम्म अरुको देशमा रगत र पसिना बेच्न जानू पर्ने हो । दैनिक १५०० देखि २५०० सम्म युवाहरू बाहिरीने क्रम जारी छ भने ५० देखि १०० सम्म शव भित्रीने क्रम पनि त जारी छ।  सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ लाख २९ हजार ५१४ जना नेपाली नागरिकहरू विश्वका २१३ भन्दा बढी देशमा प्रस्थान गरेका थिए । जसमध्ये २४ प्रतिशत महिला थिए। सन् २०२३ को हालसम्म ४ लाख ६३ हजार ७३६ जना नेपाली विदेश पलायन भईसकेका छन्। नेपालको विकास गर्न चाहानु हुन्छ र नेपालीको मुहारमा खुसी देख्न चाहानु हुन्छ भने सबल, सक्षम, शिक्षित युवा विदेश जान रोक्नु सक्नु पर्छ। समृद्ध नेपाल सुखी नेपाली नारा मात्रै लागाउने र युवा पलायन हुन नरोक्ने हो भने सधै ठुलो भाषण र आश्वासनले भरिएको तिम्रो नाराको केही अर्थ छैन।

नेपालमा कुनै व्यवसाय गर्छु भनेर बैंकमा ऋण माग्न जानुस् हजार प्रन्ध्र सयौं कागजात माग्छन अनि महिनौ लाग्छ ऋण स्वीकृत हुन। अस्ट्रेलिया ,अमेरिका, जापान, क्यानडा जान्छु भन्नुस् निसंकोच पचासौं लाख लगानी गर्न पनि तयार हुन्छ। अरु त अरु आफ्नै बाबा आमालाई समेत पनि नेपालमै केही गर्छु भन्नुस विश्वास भन्दा बढी शंकाको नजरले हेर्नू हुन्छ। विदेश जान्छु भन्नुस जति भएपनि लगानी गर्दिनु हुन्छ। गाउँघरमा छोरा आजभोलि के गर्दैछ भनेर सोद्धा नेपालमा उधमी बनेको छ ,भैंसी पाल्दैछ ,बाख्रा पाल्दैछ भन्न तेति गर्व लाग्दैन बुबा आमालाइ । तर जसको छोराछोरी विदेशमा हुन्छ। उहाँहरु छाती फुलाएर भन्नू हुन्छ मेरो छोरा अस्ट्रेलिया छ ,छोरी अमेरिकामा छे, जापान ,कोरिया, युके, क्यानडा छ। भन्ने गफ सुनिरहँदा बाबुआमाको पनि मन कटक्क हुन्छ अनि आफ्नो सन्तान चाहिँ नालायक भएको ठान्नु हुन्छ। अनि तेरो केटा साथी चाहिँ के गर्छ भनेर कसैले सोद्धा नेपालमै कुखुरा पालन गर्छ, पसल गर्छ,स्वदेशमा नै जागिर खान्छ भन्ननी अप्ठ्यारो आजभोलि युवतीहरुलाई । स्वदेशमा नै केही गर्ने, सरकारी जागिरे भन्दानी ग्रिन कार्ड होल्डर ,पिआर वाला नै बढी मनपर्न थालेको छ।

आफ्नै देशमा उपलब्ध पेसा अंगाल्न हिच्किचाउँदै हजारौं, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको  प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न शहर बजारमा मात्र नभएर विकट गाउँहरुमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ । तर गर्वकासाथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन  त्यो भन्दा तल्लोस्तरको काम गर्न मुङ्गलाननै पस्नु पर्ने किन ? यस्तो नकारात्मक मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? नेपाली मन ,नेपाली पन भन्दा बढी विदेशी रहन सहनमा रम्न थालेका हाम्रा दाजुभाइ दिदिबहिनीहरुले आफ्नो देशको भाषा ,धर्म संस्कृति ,सबै भुल्ने त हैनन ।

नयाँबानेश्वर ,पुतलीसडक ,कोटेश्वर ,बागबजार ,कृतिपुर लगाएत काठमाडौंको चोक ,चोकमा उभिएर हेर्नुस सबै घरको भित्तामा एति ठुलो अक्षरले स्टडि इन फलानो देश ूलेखेको हुन्छ लाग्छद कि नेपालमा सबैको आँखा कम्जोर छ । यस्तो लाग्छ सबै व्यवसाय नेपालीलाई विदेश पठाउने मात्रै खालको छन्। पत्रपत्रिकामा खुशी को खबर भनेर आउँछ अब जापानले पनि नेपाली कामदार लाने भो अरे ,मलेसियाले फ्रिमा लाने भो अरे, दुबैले पनि उतै बस्न चाहानेलाइ नगरिकता दिने भो अरे ,श्रम सम्झौताका देशको संख्या थपिदै छन् अनि हामी चाहिँ यसमै खुसी आखिर कैले सम्म हुने होला ।

मन्त्री ज्यु विदेश भ्रमणमा जादा श्रम सम्झौता मात्रै गरेर फर्कनु हुन्छ। व्यापार सम्झौता गरेको कमै सुनेको छु । आजको विश्व व्यापारीकरणको समयमा विदेश जानु, उच्च शिक्षा हासिल गर्नु, सीप सिक्नु अपराध हो भन्न विल्कुल खोजिएको होइन। तर जुन रुपमा नेपाल छोड्ने परम्परा विकास भएको छ, यो भने गलत हो। यदि विदेशिने मोह यसरी नै बढ्दै जाने र सरकारले नीतिगत रुपमा यसलाई रोक्न सकेन भने अबको १० वर्षमा झनै विकराल अवस्था नआउला भन्न सकिन्न। ३ करोड भन्दा पनि कम जनसङ्ख्या रहेको हाम्रो नेपालमा अन्य मुलुकमा कति नेपाली गएका छन्, तथ्यांक विभागसँग पनि आधिकारिक तथ्यांक नहुन सक्छ। नेपालमा अब बालबच्चा र वृद्धहरू मात्र नहोलान् भन्न सकिन्न। पहाडी गाउँहरू रित्तिँदै गइरहेका छन्। त्यही वृद्धवृद्धाका छोराछोरीहरू विदेशमा नै स्थायीरुपले बस्नको लागि पिआर अप्लाई गरेका छन्।

हाम्रो सफलताको सुचक नै फेरिएको छ। हाम्रो संस्कार नै बदलिएको छ। हाम्रो अबको पुस्ता विदेशीने सपना लिएर हुर्कन थालेको छ । परदेश बाध्यता भन्दा बढी रहर हुन थालेको छ। अन्य देशका मानिसहरु अन्य राष्ट्रहरुले नयाँ नयाँ सामान नयाँ प्राविधि उत्पादन गरेर अरु देश सप्लाइ गर्छन। हाम्रो देशमा भने १८/२० बर्षको कलिलो उमेरमा नै नागरिकता, पासपोर्ट बनाएर युवाहरूलाई श्रम गर्न रगत र पसिना बेच्न अरु देशमा पठाइन्छ ।  फरक यही त हो। सरकारले अब वैदेशिक रोजगारीमा गएका र जान तयार रहेका युवालाई देशका विभिन्न क्षेत्रमा रोजगारी दिएर विदेशीका लागि काम गरिरहेका जनशक्तिलाई रोक्नुपर्ने देखिन्छ । मलाई चिन्ता लागेको चाहिँ यो देशको भविष्यसंग हो । आशा लाग्दो युवा सबै बाहिर पठाएर के हामी समृद्ध देशको सपना देख्न सक्छौ।  राधा सुवेदी खोटाङ

Previous Post

गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

Next Post

‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’ : सर्वोच्चको परमादेश

RelatedPosts

शिक्षक समाजका गहना हुन: डा. भण्डारी
बिचार

शिक्षक समाजका गहना हुन: डा. भण्डारी

September 17, 2025
शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ
बिचार

शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ

July 24, 2025
सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…
बिचार

सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…

July 17, 2025
मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ
बिचार

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ

October 26, 2024
बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो
बिचार

बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो

October 13, 2024
हेफरले किसानको खोर रित्तियो
बिचार

हेफरले किसानको खोर रित्तियो

June 19, 2024
Next Post
‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’ : सर्वोच्चको परमादेश

‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’ : सर्वोच्चको परमादेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार