Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गाेदावरी सराेकारकाे हाेम स्टे अवलोकन भ्रमण सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
June 10, 2023
in दाेभानचाैर आज
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा महिला उद्यम तथा हाेम स्टे सञ्चालन सम्बन्धि अनतक्रिकार्यक्रम सम्पन्न गरिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिकाकाे पर्यटकीय केन्द्र बन्दीपूरको दक्षिण तर्फ अवस्थित गाउँपालिकाकाे कार्यलयमा शनिबार गाउँपालिकाका प्रमुख सुरेन्द्र बहादुर थापा, उप – प्रमुख पञ्चमाया गुरूङ, प्रहरी नायब निरिक्षक पुर्ण बहादुर थापा, बन्दिपुरका हाेम स्टे संचालहरूबिच गाेदावरी नगरपालिका वडा नम्बर ३ काे सहयाेग तथा गाेदावरी सराेकारद्वारा आयाेजित महिला उद्यम तथा हाेम स्टे सञ्चालन सम्बन्धि उक्त अनतरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

परम्परागत घरहरु रहेकाे बन्दिपुरमा स्थानीय महिलाहरुको सक्रियतामा ०६८ सालदेखि बन्दिपुर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको बताउँदै हाेम स्टे सञ्चालकहरूले पाहुनका लगि सहजताका स्वरूप
२० वटा घरमा नम्वर लगाइएको बताएका थिए । सुरुमा १२ घरबाट सुरु भएको बन्दिपुर सामुदायिक होमस्टेमा अहिले २० घर आवद्ध बनेका हुन् । १२ वटा हाेम स्टे दर्ता भएकोमा ९ वटा सञ्चालनमा रहेकाे र चार वटा एकदमै उत्कृष्ट चलेकाे हाेम स्टे सञ्चालकहरूले बताए ।

सुरूवाती चरणमा सरकारीस्तरबाट कुनै सहयोग नभएपछि विभिन्न चुनाैतिका बावजुत पनि आफुहरूले हाेम स्टे सञ्चालन गरेकाे उनीहरू बताउँछन् । पछिल्लो समय पारिवारिक, शान्त वातावरण र सुलभ मूल्यमा बस्न पाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटक होटलमा भन्दा हाेम स्टेमा बस्न रुचाउने गरेको पनि उनिहरूकाे अनुभव छ ।

हाेम स्टे सञ्चालनमा आएसंगै हरेक दिन आउने पाहुनाहरुलाई न्यानो स्वागत गर्न, स्थानीय उत्पादनको खानपिन गराउन र सांस्कृतिक कार्यक्रम देखाउन विभिन्न व्यवस्थापन गर्नमा महिलाहरु सक्षम भएको हाेम स्टे सञ्चालकहरू बताउँछन् ।

यस्तै, होमस्टे बन्दीपुरको चिनारी बनिसकेको गाउँ पालिका अध्यक्ष थापा बताउँछन् । घरबासमार्फत् आत्मनिर्भर बन्न र पर्यटकीय गतिविधिसमेत बढाउन योगदान पुगेको बताउँदै उनले घरबासको प्रवर्द्धनमा गाउँपालिकाले सहयोग गर्ने बताएका छन् ।

गाेदावरीबाट हाेम स्टे सञ्चालन गर्न अवलोकन भ्रमणमा आउनु भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै बन्दिपुरलाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन गण्डकी सरकार, पर्यटन बाेर्ड र तारागाउँ समितिले सहयाेग गरेकाे बताउँदै अध्यक्ष थापाले गाेदावरीमा पनि हाेम स्टे सञ्चालनका लागि नगरपालिका र सम्बन्धित निकायले सहयाेग गर्नेमा विश्वास दिलाए ।

जातीय हिसावले पनि सन्तुलित छ । ‘हामी कुनै एक जाति विषेशका मान्छे मात्रैं मिलेर होमस्टे चलाएका छैनौं,’ गाउँपालिका अध्यक्ष थापाले भने, ‘त्यही कारण हामी मिक्स खालको सांस्कृतिक प्रस्तुती पर्यटकलाई दिन्छौं ।’ उनी भन्छन्, हाम्रो हाेम स्टेमा विदेशीभन्दा नेपालीको बढी भीड लाग्छ ।

यसैगरी, अध्यक्ष थापाले, हाेम स्टे सञ्चालनका लागि विधान आवश्यक भएको बताउँदै दर्ता पालिका बाटै गर्न सकिने र गाेदावरीका हाेम स्टे सञ्चालन गर्ने समुदायलाई सहयाेगका साथै आफ्नो पालिकाकाे प्रतिनिधिसहित गाेदावरी भ्रमणका लागि आउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, वडा नम्बर चारका सदस्य रवि श्रेष्ठले हाेम स्टे सञ्चालन विधान अनुसार गर्नुपर्ने बताउँदै पछिल्लो समय हाेम स्टेमा आउनेहरूका लागि सम्पर्क व्यक्ति नै हाेम स्टेका अध्यक्ष हुने भएकोले यसकाे असर अन्य हाेम स्टेहरूमा पर्ने बताए ।

गाेदावरी नगरपालिका वडा ३ का सदस्य सन्ताेस कुँवरले गाेदावरीकाे पहिचानकाे विषयमा प्रष्ट पार्दै नेपालमा नै नपाईने वनस्पतिहरू आफ्नो वडामा भएको जानकारी दिए । साथै, आफ्नो वडा कृषिमा भन्दा पनि पर्यटन र जलस्रोतमा धनी भएकोले नै हाेम स्टेकाे अवधारणा ल्याएकाे बताउँदै विभिन्न क्षेत्रमा अग्रसरता दिएर काम गरिरहेकी गाेदावरी सराेकारकी अध्यक्ष बेवी राजभण्डारीलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

हाेम स्टे पुरानाे शैलीका मात्रै नभएर पर्यटकहरूकाे आवश्यकलाई मध्य नजर गर्दै आधुनिकतामा समेत ध्यान दिनुपर्ने प्रशिक्षक आनन्द घिमिरे बताउँछन् । हाेम स्टेमा धनिहरू मात्रै बसाेबास गर्छन् भन्ने मनासय हटाएर हाेम स्टे सञ्चालन गर्नुपर्ने उनकाे भनाई छ ।

यस्तै, गाेदावरी सराेकारकी अध्यक्ष राजभण्डारीले गाेदावरी र बन्दिपुर मात्रै नभई पर्यटन क्षेत्रलाई प्रबर्द्धनका लागि मुलक भरकै हाेम स्टेहरूबिच एक आपसमा सहकार्य जरूरी रहेकाे बताईन् । बन्दिपुरकै हाेम स्टेहरूबिच सामुहिक कार्य नभएको, समितिहरू राम्रो सञ्चाल न नभएको पाईएकाे बताउँदै उनले आगामी दिनमा नेपाललाइ विश्व सामु परिचित गर्न पनि हाेम स्टेहरू बिच सामुहिक छलफल आवश्यक रहेकाे बताईन् ।

बन्दिपुर बजार
छ सय मिटर लम्बाइमा फैलिएको बन्दिपुर बजार क्षेत्र र त्यस वरपर सवारी साधन निषेध देखिन्छ । ढुँगा छापिएको बाटाेबाट दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका कलात्मक झ्याल–ढोकायुक्त घरहरू नियाल्दै हिड्दा छुट्टै आनन्द महशुस हुन्छ । ती घरहरूमा भएका होटल/रेस्टुरेन्टकाे आँगनमा बसेर खानपिन गर्न पाइउँदा आन्तरिक तथा बाह्य पर्यटकहरू अत्यन्तै खुसि भएको देख्न सकिन्छ ।

सूचना केन्द्र
मुख्य बजारमा भएको सूचना केन्द्रबाट बन्दीपुर क्षेत्रको जानकारी लिन सकिन्छ । यस्तै, बजार क्षेत्रमा अन्य थुप्रै पसलहरू छन् जहाँ पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न वस्तुहरू राखिएको छ । बजारमा एक कोसेली घर छ जहाँबाट बन्दीपुरमा बनेका अर्गानिक तरकारीहरूकाे सुकुटी, चुक अमिलाे, गुन्द्रुक, साना गाग्री,नेपाली हस्तकलाका सामाग्री, कलश, दियो र गेडागुडी कासेली ल्याउन सकिन्छ ।

धार्मिक सम्पदाः 
गुरुङ, मगर, नेवार, क्षेत्री, बाहुन मिलेर बसेको रंगिन फूलबारीजस्तै देखिने ऐतिहासिक तथा धार्मिक हिसाबले भरिपुर्ण बन्दिपुरमा विन्ध्यवासिनी, थानीमाई, खड्गदेवीका साथै बन्दीपुर बजारमाथि डाँडामा एउटा गुम्बा देखिन्छ। साथै, बजारबाट डेढ घण्टा तल सिद्धगुफा छ । त्यसभित्र कतै साँघुरो गल्छी छ भने कतै फुटबल खेल्न मिल्ने फराकिलो चौर । साथै, विभिन्न देवदेवीका आकृति झल्काउने चित्राकृति पनि छन् । गुफा पूरै घुम्न तीन घण्टा लाग्छ । बजार नजिकै टुँडिखेल हिमाल हेर्ने राम्रो ‘भ्यू प्वाइन्ट’ छ । बन्दिपुर विशेषगरी सिलेटमा प्रख्यात रहेकाे पाईन्छ ।

बन्दिपुर गाँउपालिका भित्रै मोहरियरा, तीनधारा, शेराटार, रामकोट, धरमपानी लगायतका अन्य होमस्टे समेत सञ्चालन गरिएको छ । यसअघि, शुक्रबार हाम्रो टाेलि आबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कमा हाेम स्टे अवलाेकनका लागि गएका थियौ । त्यहाँ हामीलाई दहिमा चामल मुसेकाे सेताे टीका र फुलका गुच्छाले स्वागत गर्दै हिलेखर्क सामुदायिक हाेम स्टेका अध्यक्ष चन्द्र प्रकास गुरूङले त्यस बस्ती र हाेम स्टेका बारेमा जानकारी दिएका थिए भने हामिले हाेम स्टेकाे काेठाहरूका साथै त्यहाँकाे वातावरण अवलोकन र हाेम स्टे के, कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेका थियौं ।

उनीहरूमाझ स्थानीय उत्पादन जस्तै, फापर र कोदोको सेल रोटी, भुटेको भटमास र गुन्द्रुकको अचार, दही, लोकल मदिराको स्वाद चाख्ने अवसर मिल्याे । चारैतिर पहाडले घेरिएको हिलेखर्कमा प्रायः सबै एकै स्वरुपका ५० भन्दाबढी घरधुरी छन् । ढुंगाले छाएका घरहरू, दुई वटा घुमाउने घर, बिचमा बगैंचा देख्न सकिन्छ ।

होमस्टेको अर्को विशेषता खरले छाएका परम्परागत शैलीका घुमाउने घर हुन्। यी घर सय वर्ष पुरानाे रहेकाे स्थानीयकाे भनाइ छ । होमस्टेले पर्यटनको ढोका खोलेको भएपनि राम्रो प्रचार नभएकाे देख्न सकिन्छ । तर, बेलाबखत पुग्ने पर्यटकलाई पनि हाेम स्टे सञ्चालकहरूले आफ्नो कला, संस्कृति र परम्पराले स्वागत गर्ने गर्दछन् । बन्दीपुरबाट चार घन्टा पैदल यात्रा र करिब एक घन्टा जिप यात्रामा हिलेखर्क पुग्न सकिन्छ ।

Previous Post

 भारत भ्रमणको बेला सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा चाहिं के गरे ?

Next Post

श्रीनाथकोट गोरखा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा ढकाल र सचिवमा गुरुङ चयन

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post

श्रीनाथकोट गोरखा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा ढकाल र सचिवमा गुरुङ चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार