Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बस्तीले भरिन लागे रामेछापका सहरी क्षेत्रका खेतीयोेग्य जमिन

दोभानचौर खबर by दोभानचौर खबर
July 24, 2023
in समाचार
0
बस्तीले भरिन लागे रामेछापका सहरी क्षेत्रका खेतीयोेग्य जमिन
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थली र अन्य पालिकामा उत्पादनयोग्य फाँटहरू घर तथा बस्तीले भरिन लागेका छन् । नेपालमा बस्ती विकास र व्यवस्थापनसम्बन्धी प्रष्ट कानून र दृष्टिकोण नहुँदा खेतीयोग्य जमिनमा घरहरू बन्ने क्रम बढेको हो ।

पछिल्लो पुस्ता खेती किसानीमा भन्दा पनि जागिर वा अन्य काममा आकर्षित हुन थालेपछि बस्ती बसाल्नुपर्ने गाउँ रित्तिँदै गई उत्पादनयोग्य जमिन भरिन लागेका हुन् । यसरी बस्ती बसाल्नुपर्ने डाँडापाखा भने दिनानुदिन खाली हुँदै गइरहेका छन् । जुनसुकै सहरी क्षेत्र वा सहरीकरण हुंदै गएका क्षेत्रमा यो समस्या नभएको भने होइन ।

देशको राजधानीलगायत मुलुकका ठूला सहर चितवन, हेटौँडा विराटनगर, जनकपुर, भैरहवा, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, सुर्खेत, बनेपालगायतका सहरमा बस्ती विकास हुँदै गएपछि उत्पादनयोग्य जमिन घरले भरिँदै गएका हुन् भने नयाँ विकसित हुँदै गएका सिन्धुलीमाढी, मन्थली, भकुण्डेबेँसी, खुर्कोटलगायत स्थानमा भने केही समयमै खेतीयोग्य जमिन सकिने अवस्था रहेको छ ।

सङ्घीयता लागू भएसँगै गाउँगाउँमै सिंहदरबार बनाउने सरकारको नीतिअनुसार हरेक पालिकामा पनि सहरीकरण भइरहेकाले गाउँका खेतीयोग्य जमिन पनि नष्ट भइरहेका छन् । खेतीयोग्य जमिन, त्यसमा पनि धान, मकै गहुँलगायतका वर्षमा तीन बाली लाग्ने जमिन मासेर धमाधम घर बनिरहेका हुन् । यसले पछिल्लो पुस्ताले खेतीयोग्य जमिन नदेख्ने हो की भन्ने चिन्ता लाग्न लागेको मन्थलीनगरपालिका–८ का स्थानीय कुमार खत्री बताउँछन् ।

उनी भन्छन्, “धान मकै फल्ने खेतमा घर फल्न लागेपछि के को उत्पादन हुनु र ताजा खानेकुरा खान पाउनु ?” यसअघिका मन्थलीका नगरप्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाको उत्पादन क्षेत्रमा घर बनाउन नदिने घोषणा त गर्नुभयो तर त्यो कार्यान्वयनमा आउन सकेन ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थली भञ्ज्याङमा विसं २०४५ मा सारिएको थियो । त्यसबेलादेखि हालसम्मको अवस्थालाई हेर्दा अधिकांश खेतीयोग्य जमिनतर्फ नै बस्ती बढेको पाइन्छ । मन्थलीमा उब्जनी नहुने जमिनतर्फ बस्ती त्यति फैलिएको पाइँदैन । उब्जाउयोग्य जमिनमा भने बस्ती फैलिँदै गएको छ ।

स्थानीयवासीले पनि खेत मासेर धमाधम घर बनाइरहेका छन् । यसअघि हाटेचौरको छेउमा मात्र घर भएको बस्ती विस्तार हुँदै खेतभित्रै छिरिसकेको छ भने आकाशे फाँट घर नै घरले भरिएको छ । यसैगरी खेतीयोग्य जमिनमा बस्ती विस्तार हुँदै जाने हो भने खेतीयोग्य जमिन सकिने अवस्था छ र खाद्य सङ्कट बढ्दै जाने त्यत्तिकै सम्भावना रहेको छ । खेतीयोग्य जमिनलाई जोगाउनेसम्बन्धी आवश्यक तयारी भइरहेको मन्थली नगरप्रमुख लव श्रेष्ठ बताउँछन् । तर खेतीयोग्य जमिनमा बस्ती बसाल्न हालसम्म कसैले रोक्न नसककोको मन्थली–१ का दीपक दाहालको भनाई छ ।

Previous Post

उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

RelatedPosts

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
Next Post
नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार