Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बाल्यकालको तिहार : स्मरण

दोभानचौर खबर by दोभानचौर खबर
November 4, 2021
in कला/साहित्य
0
बाल्यकालको तिहार : स्मरण
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक महिनाको शुल्क पक्षको दोस्रो दिन यो चाड पर्दछ। यो चाड दिदी-बहिनी दाजुभाइले टीका लगाएर मनाउने र सेल, मिठाई आदि परिकार जस्ता खानेकुरा दिने अनि दाजुभाइले दिदी बहिनिलाई दक्षिणा, उपहार, भावना आपसमा साटासाट गर्ने दिन हो। त्यसैले यो दिनलाई ‘भाइटीका’ पनि भनिन्छ। यसै दिनमा कालका देवता यमराज आफ्नी बहिनी यमुना कहाँ टीका लगाउने जाने कथा हिन्दू पुराणमा समाबेश गरेको पाईन्छ। यस दिन दिदी-बहिनीले दाजु-भाइको निधारमा तेल घसेर सप्तरंगी टीका लगाई सयपत्री, मखमली र दुबोको माला लगाई दिई आ आफ्ना दाजुभाइको दीर्घायु र निरोगिताको कामना गर्दछन् ।

तिहार हिन्दुहरुको बर्षकै सबैभन्दा ठुलो चाडको रुपमा लिने गरिन्छ। बाल्यकाल जस्तो चाडवाड फर्केर सबैको जिवनमा कहिल्यै आउदैन पनि । तिहार आउन दस पन्ध्र दिन हुनुभन्दा अगाडि नै गाउँमा तिहारको रौनक छाउने गर्थ्यो । परदेशीहरु टेप रेकर्ड काधमा राखेर नयाँ तिहारका देउसी का मार्मिक गित घन्काउदै आउँदा तिहार तिहार जस्तो लाग्थ्यो । घर वरिपरि आएर काग बास्दा कुनै खबर ल्यायोकी झै लाग्थ्यो । वर्षमा एकदिन कागको पूजा गर्ने चलनले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्छ भन्ने सन्देश दिन खोजेको बुजिन्छ । त्यसैले नमारौ चरा र मनाउ चाडपनी । गाउँका साथिभाईहरु संग तिहारमा देउसी कहाँ खेल्ने को को खेल्ने र कसरी खेल्ने भन्ने बारेमा आपसमा भेटघाट गरि सर सल्लाह लिने गरिन्थ्यो । अचेल आधुनिक जमानाले फोनमा भेटिनेहरु पनि आफ्नाहरुलाई पनि पराई बनाई दियो ।

एउटा मादल ,एउटा दमा खाले सानो बाजा( टिउटिटे) , सानो छिल्लर, खुट्टामा लगाउने पैचरी संगै भट्ट्याउनेले भुल्छु कि भनेर कापिको पानामा लेखेका देउसी अनि सुरु हुन्छ १५-२० जनाको एउटा देउसी टिम । अलि हिसाबमा तगडा जो देउसी खेलेको घरमा दक्षिणा स्वरुप दिएको रकम जम्मा गर्ने जसलाई एउटा कापी र कमल जिम्मा लगाईन्थ्यो। र देउसि खेलेको घरमा उठेको चामल बोक्ने दुइ जना खाईलाग्दा जवानलाई लगाईथ्यो । नाग्लामा आएको प्रसाद, टीका सबै एक आपसमा बाडेर खाईन्थ्यो।दुई जना जति भान्सेलाई खानाको बन्दबस्त गर्न अगाडि नै जानकारी गराएर पठाईन्थ्यो । करिब १२-०१ बजे सम्म देउसि खेलेर बिहानको खाना खान पुग्थ्यौ। आलु करेलाको सब्जी र दालको झोल संगै साथिभाई संग रमाउदै खाएको आजपनी दिमागमा ताजै छ। यति मात्रै कहाँ होर कुनै छाकमा त रातो भालेको जोरजाम गरेर एक एक एक वटा चोक्टा भए नि जिब्रोको स्वाद र पेटको लडाइँलाई शान्त गरिन्थ्यो। यसैगरी भाईटिकाको अघिल्लो साझ सम्म खेलेर सबैजना आ आफ्नो घरमा जाने गर्थ्यौ। देउसी खेल्दा उठेको चामल बेचेर पैसा बनाउने र उठेको जम्मा पैसा भट्याउने लाई केही बढी दिएर बाकी सबैलाई बराबर हिसाबले बाडिन्थ्यो। यात कुनै रमणीय स्थानमा घुम्ने योजनाहरु बनाईथ्यो ।

तिहारमा पकाईने विभिन्न परिकार र सेलरोटीले गाउँ नै बसाउने गर्दथ्यो ।टाढा टाढा बाट आउने आफन्तजन इष्ट मित्रले पुरै गाउँ नै रमाइलो हुन्थ्यो। त्यो बेला कहाँ हुन्थ्यो र हात हातमा मोबाइल ? रेडियोको एरिएल ठड्याउदै देउसी गित सुनेको याद छ । अचेल मादल भेटिन गाह्रो भैसक्यो बरु हातहातमा मोबाइल र सानै भएनी DJ जो कसैको घरमा भेटिन थाल्यो ।

तिहारमा नयाँ किन्ने चाह बचपनको यादले आजपनी कौतुहल्ताको बिषय बन्ने गर्छ ।
गाउँमा जस्तो सामाजिक भावना , समानता र सामान्जस्यता शहरमा कहाँ पाईन्छ र शहरको जस्तो देखासिकी गाउँमा प्राय कमै मात्रमा हुने गर्दछ । एउटा घरमा नभए अर्को घरमा भए आपसमा बाडेर भएनी तिहारलाई खुसियालीका साथमा बिदा गर्ने चलन छ ।

लाग्दैछ देउसी खेलेका घरमा प्रत्येक बर्ष देउसी टिमले नै दिन्थ्यो होला घरका छोराछोरी डाक्टर पाइलट र इन्जिनियर बनुन भन्ने आशीर्वाद । भाईटिकाको अघिल्लो साझ सम्म
आजभोलि
भन भन भाइ हो भन्दा देउसी रे भन्ने साथिभाईहरु छैनन् ।
स्वर मिलाईकन भन्दा आवाज दिने साथी छैनन्।
रातो माटो र चिप्लो बाटोमा लड्दै पड्दै आएकाहरु कहाँ हराईसके ।

समय अनुसार बद्लियो चाडवाड पनि खास अचेल गरी पटका पड्काएर होडबाजी गरेर मनोरञ्जन लिने चलन बड्दै गएको पाईन्छ तर यसबाट अंगभंग हुनका साथै ज्यान जाने खतरा पनि रहन्छ। त्यसै गरी तिहारमा खेलिने देउसीलाई पैसा कमाउने मध्यम बनाउने प्रवृत्ति बढ्दो छ। यस्ता नराम्रा कामहरू गर्दा कहिलेकहीँ एक-अर्कामा विवाद भएर झगडा हुने गरेको केही वर्ष देखि देखिन थालेको छ। चाडवाडमा कसै-कसैले धेरै रुपैयाँ खर्च गरी ज्यादै तडकभडक पनि देखाउन थालेका छन “घाटी हेरी हाड निल्नुपर्दछ” भनेझैं सबैले आफ्नो औकातले भ्याएअनुसार नै खर्च गरी यस्ता चाडबाडहरू मनाउनुपर्छ।

तिहार नेपालीहरूको ज्यादै रमाइलो र महत्त्वपूर्ण चाडपर्वको रुपमा लिने गरिन्छ। अन्य चाडवाड भन्दा बढ़ी खुसीका साथमा मनाउँछन्। प्रकृति पनि ज्यादै रमणीय र मनोरम देखिन्छ। स्वच्छ निलो आकाश र घर आगानमा सुकाईएका बिस्कुन, घर-आँगनमा वरिपरि ढकमक्क फुलेको हजारी, सयपत्री र मखमली फूल आदि सबैले तिहारको सौन्दर्यलाई झनै लोभ्याएको देखिन्छ। मानिस प्रकृति र जीवजन्तुमा एकता, सद्भावना र समानताको भावना राख्नुपर्छ भन्ने संदेश आज पनि कायमै छ । चाडपर्वहरूलाई हामीले आपसी मेलमिलाप बढाउने गरी मनाउनुपर्छ।

Previous Post

जीप दुर्घटना : एकको मृत्यू ।

Next Post

सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु

सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार