Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अब होला कि कार्यान्वयन,तत्कालीन प्रजिअ गृहसचिव बनेपछिको आशा

दोभानचौर खबर by दोभानचौर खबर
March 14, 2024
in समाज, बाग्मती प्रदेश, समाचार
0
अब होला कि कार्यान्वयन,तत्कालीन प्रजिअ गृहसचिव बनेपछिको आशा
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडाः मकवानपुर प्रशासनले संविधानसभा दोस्रो निर्वाचनतामा जिल्लाका विभिन्न सरकारी, गैरस- रकारी, निजी तथा स्थानीय निकायसँगको सहकार्यमा गाँजा प्रभावित गाविसहरुमा एक करोड ब- राबरको ‘बैकल्पिक प्याकेज’ लैजाने बताएको थियो । तत्कालीन प्रजिअ एकनारायण अर्यालको सक्रियतामा हेटौंडामा आयोजित ‘गाँजाखेती विस्थापनका लागि सरोकारवालाबीचको छलफल ले यस्तो प्याकेज तयार पारेको थियो। छलफलबाट ‘एक साताभित्र एकीकृत विकास अवधारणा तयार पारेर गाँजाप्रभावित क्षेत्रहरुमा विभिन्न विकल्पहरु लैजाने निष्कर्श निकालिएको थियो ।

सबै क्षेत्रले गाँजाको विकल्प बोकेर गाँजाप्रभावित क्षेत्रमा जाने प्रतिवद्धता जनाएका थिए। तीन वर्षे एकीकृत गुरुयोजना तयारीको प्रयास पनि भयो । गाँजाखेतीको बिकल्प दिएपछि क्रमशः हट्‌दै जाने प्रशासनको विश्वास थियो । प्रशासनले स्थानीय निकाय, विषयगत् कार्यालय, निजी क्षेत्र, प्लान इन्टरनेसनल, कोसान, एमडीआई, एमआरसी, आरआरएन र नारी सिप सृजना केन्द्रसँग सहकार्य गर्ने नीति लिएको थियो । छलफलबाट दोस्रो संविधान सभामा निर्वाचित सांसद् राजाराम स्यांतानको संयोजकत्वमा प्रजिअ, स्थानीय विकास अधिकारी, साना किसान सहकारी अध्यक्ष, गैरसरकारी संस्था अध्यक्ष र जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत सदस्य रहने गरी टोलीसमेत गठन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कृषि कार्यालय प्रमुख, डिभिजन सहकारी कार्यालय, गाँजा प्रभावित क्षेत्रका किसान सम्मिलित अनुगमन टोली पनि गठन गरियो। तर, जिल्लामा हालसम्म कसैले गाँजाको न विकल्प दिए, न त प्याकेज नै लागु गर्ने प्रयास भयो ।

त्यसपछि फेरि एक पटक जिल्ला कृषि विकास कार्यालय तातेको थियो। पश्चिम मकवानपुरको राक्सि राड, कैलाश तथा भीमफेदी गाउँ पालिकाका केही स्थानमा कार्यालयले गाँजा विस्थापित गर्दै धानखेती गर्नेलाई धानको विउ निःशुल्क बित करण गर्ने योजना बनायो। कार्यालयले गाँजा हटाएर धान लगाउने कृषकको लागि नयाँ ‘प्याकेज’ लागु गरेको बतायो । गाँजा उत्पादन र कारोबारको ‘पकेट क्षेत्र’ का रुपमा प्रख्यात मकवानपुरको नामटारका राजनीतिक दलका प्रतिनिधि र गाबिसका अगुवा किसानले गाँजाखेती गाउँबाट विस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, व्यवहारमा त्यस्तो हुन सकेन । मकवानपुरका प्रजिअ भएको एक दशकपछि गृह मन्त्रालयका सचिवमा बनेका छन् अर्याल । त्यसकारण अब मकवानपुरले उनीबाट आश गरेको स्थानीयले बताएका छन् ।

गाँजा बोकेको आरोपमा दिनहुँ युवा, वृद्धवृद्धा प्रहरीले पक्राउ गरि रहेको घटना बाहिरिएको पाइन्छ। यतिमात्र होइन कि राक्सिराङ र कैलाश गाउँपालिकामा किसानहरुले लगाएका गाँजा र अफिम फँडानी गरिएको सूचना बाहिरिन्छ । कतिपयले किसानलाई बाँच्न र केही गरेर खाना दिएनन् भन्ने विषय पनि उठ्छ तर अर्कोतिर यसरी अवैधानरुपमा लगाइएका गाँजा र अफिमखेती फँडानी गर्नुपर्छ भन्ने कानुनी मान्यता साथसाथै छ । तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७० सालमा विकल्पसहित गाँजाखेती न्यूनीक रणबारे तयार पारेको उक्त प्रतिवेदन दस्तावेज नै हराएको पाइएको छ। २०७० वैशाख १२ गतेदेखि २०७० फागुन २८ गतेसम्म अयांल मकवानपुरको प्रमुख जिल्ला अधिकारी हुँदा तयार पारिएको उक्त दस्तावेज हराएको पाइएको हो। अर्याल ४१ औं प्रजिअ थिए। हाल ५६ औं प्रजिअ सूर्यप्रसाद सेढाई छ। तर, हालसम्म सरुवा भइआएका प्रमुखहरुले उक्त दस्तावेजको फाइल नै नखोलेको एक दलका नेताले बताए ।

जसले गर्दा पनि उक्त दस्तावेज हराएको आशंका सही हुन सक्ला। उनलाई २०८० फागुन २८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको हो। गृह सचिव भएका अर्यालले प्रधानमन्त्री कार्यालयअघि श्रम सचिवका रुपमा कार्यरत् थिए । लामो समयसम्म विभिन्न जिल्ला प्रशासन कार्यालय काम गरेको अनुभव अर्यालमा छ। गृह सचिव भइसक्दा उनले एक दशकअघि गाँजाखेतीबारे तयार पारेका दस्तावेज (प्रतिवेदन) लागु भइ कार्यान्वयनमा आउनुपर्ने विश्वास थियो। तर दस्तावेज नै हराएको पाइएको छ। प्रशासन कार्यालयका सूचना प्रविधि शाखाका कम्प्युटर अपरेटर अमृत कर्णले २०६७ सालदेखि आफू कार्यरत् रहेको बताए । जसले गर्दा पनि अर्यालपछि सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारीहरुले उक्त प्रतिवेदनबारे फाइल नै नखोलेको जानकारी दिए । लामो समय भइसक्यो र त्यसपछि कति वटा कम्प्युटर फेरिसके । जसले गर्दा उक्त दस्तावेज हराएको हुनसक्ने उनको भनाइ छ । बुधबार लामो समयसम्म उक्त दस्तावेज खोज्दा नभेटिएको हो।

कोको भए प्रजिअ ?

अर्यालपछि हरिप्रसाद भण्डारी २०७० फागुन २९ गतेदेखि २०७१ जेठ १ गतेसम्म, केशबराज घिमिरे २०७१ जेठ २ गतेदेखि २०७१ चैत ७ गतेसम्म, रामप्रसाद थपलिया २०७१ चैत १२ गतेदेखि २०७२ माघ १३ गतेसम्म जिल्ला प्रमुख थिए। डा. मानबहादुर बिके २०७२ माघ २८ गतेदेखि २०७६ असोज १२ गतेसम्म, हरिप्रसाद पन्त २०७३ असोज १३ गतेदेखि २०७३ मंसिर ८ गतेसम्म, नारायणप्रसाद शर्माडवाडी २०७६ मंसिर ९ गतेदेखि २०७४ भदौ ९ गतेसम्म प्रमुख रहे ।

यस्तै चक्रबहादुर बुढा २०७४ भदौ ११ गतेदेखि २०७५ साउन १३ गतेसम्म, अस्मान तामाङ २०७५ साउन १४ गतेदेखि २०७६ मंसिर १७ गतेसम्म, प्रेमराज जोशी २०७६ भदौ १८ गतेदेखि २०७६ मंसिर १७ गतेसम्म, नारायणप्रसाद भट्ट २०७६ मंसिर २३ गतेदेखि २०७६ चैत २ गतेसम्म, दीपकराज नेपाल २०७६ चैत ५ गतेदेखि २०७७ असोज २५ गतेसम्म, गोबिन्दप्रसाद रिजाल २०७७ कार्तिक ३ गतेदेखि २०७८ बैशाख २ गतेसम्म, भरतमणि पाण्डे २०७८ बैशाख ३ गतेदेखि २०७९ असार १७ गतेसम्म, राजेन्द्रदेव पाण्डे २०७९ सालदेखि असार १७ गतेदेखि २०८० असार १५ गतेसम्म र हाल सेढाई २०८० असार १५ गतेदेखि प्रमुख छन् ।

हेटौंडा सन्देश दैनिकबाट सभार ।

ReplyForwardAdd reaction
Previous Post

बौद्विक अपाङ्गता, समावेशी शिक्षा तथा कानुनी व्यवस्था नामक पुस्तक विमोचन

Next Post

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
Next Post
नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार