Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता

दोभानचौर खबर by दोभानचौर खबर
November 7, 2024
in अन्तराष्ट्रिय खबर
0
अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँसु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रह गर्नुभएको छ । 

रिपब्लिकन नेता ट्रम्पले चार वर्षअघि जो बाइडनविरुद्धको हार स्वीकार्न इन्कार गरेपछि अमेरिकाको राजधानी वासिङ्टनमा उहाँका समर्थकहरूले गरेको हिंसात्मक आक्रमण भएको स्मरण गर्दै उहाँले सत्ताको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने प्रतिज्ञा पनि गर्नुभएको छ । 

हावर्ड युनिभर्सिटीमा आफ्नो छोटो तर सशक्त सम्बोधनमा ह्यारिसले भन्नुभयो, “म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु तर निर्वाचन क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो ‘दुस्प्रचार’लाई कहिल्यै स्वीकार गर्नेछैन ।”

“मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्दैछौँ जस्तो महसुस गरेका छन्,” ट्रम्पको आश्चर्यजनक भारी विजयपछि पहिलो सार्वजनिक टिप्पणी गर्दै उहाँले भन्नुभयो।  उहाँले ट्रम्पको बिजयलाई सङ्केत गर्दै अगाडि भन्नुभयो, “हामी सबैको फाइदाका लागि त्यसो हुनु हुँदैनथ्यो।” 

अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतरा को संज्ञा दिएकी ह्यारिसले ट्रम्पलाई बधाई दिन फोन गरेको एक सहयोगीले बताएका छन्।

ह्वाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन ७८ वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्व चिफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जित हासिल गर्नुभएको हो । 

एक्जिट पोलले मतदाताको मुख्य चासो कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा खस्किएको अमेरिकी अर्थतन्त्र र बढेको मुद्रास्फीति नै अमेरिकी निर्वाचनको हार वा जीतको कारक हुने देखाएको थियो । 

ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गर्नुभएको थियो तर सीएनएनको एक्जिट पोलले उहाँलाई केवल आठ अङ्कको जनसाङ्ख्यिकीय अग्रता दिएको थियो । यो बाइडनले चार वर्षअघि प्राप्त गरेको भन्दा लगभग आधा हो।

आफ्नो उमेरको चिन्ताका कारण गत जुलाईमा चुनावी दौडबाट बाहिरिएका ८१ वर्षीय बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा आगामी छलफलका लागि निमन्त्रणा गरेको अधिकारीहरूले बताएका छन् ।

नवनिर्वाचित राष्ट्रपतिका प्रवक्ता स्टिभन चेउङले भन्नुभयो, “ट्रम्पले निमन्त्रणालाई स्वीकार्नभएको छ र चाँडै हुने बैठकबारे आशावादी भएको बताउनुभएको छ ।” 

राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । सम्बोधनमा उहाँले पार्टीमा आफ्ना निकट सहयोगी तथा उपराष्ट्रपति ह्यारिसको ‘साहस’ र ‘निष्ठा’ को सम्मान गर्दै चुनाबी अभियानका लागि धन्यवाद पनि ज्ञापन गर्नुहुने बताइएको छ । 

ट्रम्पको जीतसँगै उहाँले आर्थिक वृद्धिलाई गति दिन आक्रामक रूपमा अघि बढ्ने अपेक्षाका साथ वाल स्ट्रिट र डलर दुवैको मूल्यमा वृद्धि भएको छ। 

जनवरी २० मा राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्दा राष्ट्रपति पदको सपथ लिने सबैभन्दा वृद्ध व्यक्ति हुने ट्रम्पले फ्लोरिडामा बुधबार बिहान एक भाषणमा ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने आफ्नो नारा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।एएफपी

Previous Post

सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र

Next Post

व्यावसायिक ड्रागन फ्रुटखेतीमा रामेछापका किसानको आकर्षण बढ्दै

RelatedPosts

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
अन्तराष्ट्रिय खबर

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

March 21, 2025
लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
अन्तराष्ट्रिय खबर

लस एन्जलस आगलागी: विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

January 13, 2025
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
अन्तराष्ट्रिय

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

January 7, 2025
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
अन्तराष्ट्रिय खबर

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

December 19, 2024
इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार
अन्तराष्ट्रिय खबर

इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

December 17, 2024
Next Post
व्यावसायिक ड्रागन फ्रुटखेतीमा रामेछापका किसानको आकर्षण बढ्दै

व्यावसायिक ड्रागन फ्रुटखेतीमा रामेछापका किसानको आकर्षण बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार