Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’

दोभानचौर खबर by दोभानचौर खबर
November 29, 2024
in कला/साहित्य, कला र साहित्य
0
कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: “फूल हौँ, सुगन्ध हौँ, या स्वर्गकी परी हौँ ?
                परीमा पनि सर्वोपरी ! भन कुन देशकी चरी हौँ” 

प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६ गड्डी’ सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रभित्रको चित्रण हो ।

उपन्यासकार तिवारीले आफ्नो सृजनालाई २०४६ सालको जनआन्दोलन आसपासबाट प्रारम्भ गर्नुभएको छ । उपन्यासका पात्र विज्ञान, राजीव र कुमुदा त्यतिबेलाका जुझारू विद्यार्थी नेता हुन् । उपन्यासमा विज्ञान र कुमुदा वामपन्थी पृष्ठभूमिका अनि राजीव प्रजातान्त्रिक धारका विद्यार्थी नेता हुन् । विसं २०४६ को जनआन्दोलनमा भएको प्रहरी दमनमा परी कुमुदाको मृत्यु हुन्छ । 

“निजामती कर्मचारीभित्रको भ्रष्टाचार र विकृतिलाई उपन्यासमार्फत देखाएर त्यसलाई न्यूनीकरण गरी सुशासन कायम गर्न पुस्तकले प्रेरित गरेको छ”, उपन्यासकार तिवारीले भन्नुभयो, “आफूले देखेका, भोगेका अनुभवलाई उपन्यासमार्फत ल्याएको हुँ, नयाँ पुस्तालाई त्यो मार्गमा नलाग्न प्रोत्साहन पनि हो।”

उपन्यासमा विज्ञान र राजीव स्नातकोत्तर अध्ययन समाप्तिपछि राजनीतिमै लागिरहने या जागिर खाने भन्ने द्विविधामा पर्छन् । द्विविधाकैबीच उनीहरू दुवै निजामती सेवामा प्रवेश गर्छन् । निजामती सेवामा प्रवेशपछि पनि विज्ञान भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माणको पूर्वादर्शलाई बिर्सँदैन । विद्यार्थीकालका सपनालाई कार्यरूपमा उतार्ने भरमग्दुर प्रयत्न गर्दछन् । त्यसो गर्दा कार्यालयका अन्य कर्मचारी र ऊबीच द्वन्द्व सुरु हुन्छ । आजभोलि गर्दागर्दै द्वन्द्व उत्कर्षमा पुग्छ । फलतः ऊ चौतर्फी घेराबन्दीमा पर्छ । सबैतिरबाट एक्लो बनाइन्छ । घेराबन्दी र एक्लोपनका कारण विज्ञान विस्तारै खाने खुवाउने बाटो समात्न बाध्य हुन्छ । कालान्तरमा भ्रष्टाचाररूपी दलदलमा नराम्ररी फस्न पुग्छ । अन्ततः रु ९६ लाखसहित रङ्गेहात पक्राउ परी जेल जान्छ । 

 उपन्यासले मानिस जन्मदै भ्रष्ट भएर जन्मिदैन । त्यसको निर्धारण व्यक्तिले प्राप्त गर्ने शिक्षादीक्षा, सामाजिक परिवेश, परिवार, इष्टमित्र, सरसङ्गतले गर्छ भन्ने देखाउन खोजेको छ । भ्रष्टाचार गर्ने (खाने–खुवाउने) चतुर कर्मचारी गिरिधरीे भएको र त्यस्ता गिरिधरी जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि पक्राउ पर्दैन भन्ने देखाउन खोजिएको छ । 

जनआन्दोलनको क्रममा सहादत प्राप्त गरे पनि कुमुदा विज्ञानको मनमस्तिष्कमा निरन्तर छाइरहन्ने गरेको विज्ञानको सपनामा आएर लोकतान्त्रिक मूल्यमा आधारित मुलुक बनाउन लाग्नु, भ्रष्टाचारमुक्त नेपाल निर्माणको वाचा–कसम नभुल्न भनेर सजग गराइरहेको प्रसङ्ग छ ।

उपन्यासको अर्को पात्र एसएसपी आलोक स्वाभिमानी र इमान्दार पात्र हो । ऊ कस्तै परिस्थितिमा पनि भ्रष्ट र अपराधीहरूसँग सम्झौता गर्दैन । सत्य, न्याय र सुशासनको पक्षमा चट्टानझैँ खडा हुन्छ । त्यसकारण ऊ वृत्तिविकासमा पछि पर्छ । अधिकांश समय पश्चिम नेपालको विकट पहाडी जिल्लामा सरुवा गरिन्छ । उपन्यासमा राज्य संयन्त्रको सर्वोच्च स्थानमा बस्ने मारफेल नामको पात्र पनि छ । जो विकृति, विसङ्गति र भ्रष्टाचारको पर्याय बन्न पुगेको छ ।

उपन्यासमा भ्रष्टाचार छानबिन समितिको अध्यक्ष चैतन्य प्रधानले केही लाख रुपैयाँ र सुरासुन्दरीको मोहमा भ्रष्टाचारमा लालमोहर लगाएको दृष्य पनि छ । साथै उपन्यासमा सुशीलाको हत्यारा पत्ता लगाउन सामनाले ठमेल नाइटक्लबमा काम गर्न थालेकोे सन्दर्भ आउँछ । सामनालाई साहसी र लडाकुमात्र होइन चतुर पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

साहित्यकार भारती न्यौपानेलाई उक्त उपन्यासलाई सेतो पर्दामा देखिने र कालो पर्दाभित्रका निजामती कर्मचारीको यथार्थ चित्रण गरिएको महसुस भएको छ । “निजामती कर्मचारीभित्र सुशासन कायम गर्न विज्ञान विद्रोही पात्र भए पनि परिवार र साथीभाइको दबाबले अन्तिम भ्रष्टाचारमा गर्नुपर्ने बाध्यतामा पु¥याएको चित्रण पुस्तकमा छ”, उहाँले पुस्तकबारे समीक्षा गर्दै भन्नुभयो, “साहित्यमार्फत महिला सशक्त पात्रलाई पनि झुक्न बाध्य पारिएका र बढुवाका लागि घुस खुवाउनुपर्नेजस्ता विकृतिको यथार्थ चित्रण गरिएको छ ।” उपन्यासकार तिवारीले निजामती कर्मचारीभित्र देखिएको भ्रष्टाचारका काण्डलाई सृजनामार्फत बाहिर ल्याउने राम्रो हिम्मत भन्ने महसुस साहित्यकार न्यौपानेलाई भएको छ । उहाँले थप्नुभयो, “उपन्यासमा पैसाका लागि बाध्य भएर महिला ‘ठेमलको नाइट क्लब’मा पुग्न बाध्य हुन्छन्, तर त्यही क्लबमा जाने पुरूषहरू पहुँचवाला र उच्च ओहोदामै भएका जान्छन् भन्ने स्पष्ट देखाइएको छ, जुन यथार्थमा आधारित छ ।”

साहित्यकार अनिला कोइरालालाई उपन्यासमार्फत पैसाको अगाडि कुनै वादले पनि काम गर्दैन भन्ने यथार्थ र सत्य उजागर गरिएको छ भन्ने लागेको छ । उहाँले भन्नुभयो, “उपन्यासमा सुशीला बाध्यताले आचरणविपरीत काम गर्छिन् र उनी भन्छिन् ‘शरीर बेच्नेभन्दा डरलाग्दा हुन्छन्, भ्रष्ट सोच राख्नेहरू’ देशको राजनीति, निजामती कर्मचारीका केही खराब सोचलाई सुन्दर तरिकाले उजागर गरिएको छ ।”

 साहित्यकार सुदा मैनालीलाई निजामती कर्मचारीभित्रको विकृत सोच, भ्रष्टाचारको संस्कृति रोचक तरिकाले प्रस्तुत गरेको र कतिपय उच्च पदमा पुगेका निजामती कर्मचारीले महिलालाई हेर्ने नकरात्मक दृष्टिकोणका बारेमा उपन्यासमा स्पष्ट देखाउन खोजिएको सुनाउनुभयो । उपन्यासका लेखक तिवारीले सामना गाउँमा दुई चितुवासँग युद्ध लडेकी साहसी र मुलुकमा सुशासन चाहने पात्रले विभिन्न मोहमा परेर आफ्ना पति विज्ञानलाई भ्रष्ट बनाउने काममा लागेको चित्रण गर्नुभएको छ ।

लेखक तिवारी पूर्वप्रशासक हुनुहुन्छ । उहाँले १३ वर्ष निजामती सेवामा र पछिल्लो बाँकी समय नेपाल कृषि अनुसन्धान परिषद्मा रहेर काम गर्नुभयो । लमजुङ घर भई हाल तारकेश्वर नागरपालिका काठमाडौँमा बस्नुहुन्छ । उहाँका यसअघि परित्यक्त, निलोफर र निहारिका कृति बजारमा आइसकेका छन् ।

 पुस्तकमा निजामती कर्मचारीभित्रको संस्कृति र विकृतिलाई पनि उठान गरिएको छ । ‘कलमका साथी’ नामक संस्थाले शनिबार उक्त उपन्यासमाथि विमर्श गरिएको हुनाले उक्त पुस्तकमाथि चर्चा भएको हो । पैरवी बुक हाउसले प्रकाशन गरेको उक्त उपन्यास दुई सय ८३ पृष्ठको छ । उक्त प्रकाशनले २०८१ असोज १६ गते सार्वजनिक गरेको हो । पुस्तक समग्र निजामती कर्मचारीभित्र केन्द्रित भएको छ । उपन्यासका धेरै स्थानमा पात्रहरूको भावनलाई कवितामार्फत प्रस्तुत गरिएको छ । एक प्रसङ्गमा भनिएको छ– 

“तिमी कृष्ण हुन्छौँ भने बनुँला नि म आधा !
तिम्री हुने कसम खाएँ, मुटुभित्र राखे सदा !”

Previous Post

सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गरौँः स्वास्थ्यमन्त्री पौडेल

Next Post

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर
कला र साहित्य

निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर

July 21, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको
कला र साहित्य

‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

June 29, 2025
Next Post
मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार