बद्रीनाथ गैह्र,
कहिलेकाहीँ यो जीवन सुस्ताउन खोज्छ
घाम नझुल्किदै बिहानी अस्ताउन खोज्छ।
हुनत चाँदनीको महत्व रातमै हुन्छ
मध्यान्हमै उसले किन उदाउन खोज्छ?
दुनिया यस्तै छ, अलिकति पनि सोच्दैन
सिसाको घरबाट ढुंगा बर्साउन खोज्छ ।
कमजोर नठान्नु है कहिल्यै आफूँलाई
सानो झिल्कोले त संसार जलाउन खोज्छ ।
अरुलाई बदल्नु अघि आफूँ बदलिनु
बिहानी पनि त शीतले नुहाउन खोज्छ ।







