आज हिसाब गरौं दिलको क्षति भएछ।
पीडा कसको कम कसको बढि भएछ।
याद आए तस्वीर हेर्नू भन्थिन उनले,
तस्वीर कुरा बुझ्ने कहिलेदेखि भएछ।
पत्थर पनि आँखा देख्ने भएछ सायद,
बाटोमा थियो मन्दिरको मुर्ति भएछ।
यहाँ सब बद्लिएछ,हामी बद्लिएपछी,
पहिलेको गोरेटो अहिले गल्ली भएछ।
मेरो प्रेमको हत्यारा तिमी मात्रै रहेनछौ,
तिमिसँग कोहि अर्को आएपछि भएछ।