प्रती अर्याल। काठमाडौ। ओहो ! कति भिड , धुलो पनि उस्तै छ । यो जाम कहिले खुल्ने ? म बसको सिटमा छु (साेच्दै ) । अँ साच्चै सागरले बिहान फाेन गरेर आज १२ बजे भेट्ने समय भन्नुभएको थियोे । बसकाे झ्याल र ढाेकाबाट सिरिरि बतास भित्र आईरहेकाे थियो । मलाई भने छट्पटी भईरहेकाे छ , भेट हाेला कि नहाेला ? साच्चै सागर आउनु हाेला त ? खै के पाे हाेला तर म भने हतारहतार आएँ । बस आफ्नै गतिमा गुडिरहेको छ । बस चाबहिलकाे पिपलबाेट नजिकै आएर राेकिन्छ । भिड उस्तो छैन् अहिले । म बसबाट बिस्तारै ओर्लेर जेब्रा क्रसिङमा उभिन्छु । केही बेरकाे पर्खाइपछि ( हातकाे घडीमा समय हेर्दै ) बल्लतल्ल स्तुपाकाे ढाेकामा पुग्छु । म स्तुपा भित्र जान्छु ।
चितवनबाट केही पुस्तक पार्सल आएकोले उक्त पुस्तककाे झाेला लिएर जाँदै गर्दा हात गलेर हातबाट फ्यात्त झाेला भुँईमा खस्छ । ( निधार खुम्च्याउँदै ) कस्तो घाम ! यहीँ समयमा माेबाईल बज्छ । म हतारहतार झाेलाबाट माेबाईल निकालेर हेर्छु । कल सागरकाे रहेछ । मलाई कताकता डर लाग्छ ।कतैबाट मलाई लुकिलुकि हेरिरहनु भएको त छैन् । यहीँ साेच्दै (एकै सासमा) फाेन उठाउँछु ।
म -: हेलाे ! सागर हजुर कहाँ ? म आइपुगे चाबहिलकाे स्तुपामा छु अहिले । हजुर कतिबेला आउनु हुन्छ । भ्याउनु हुन्छ कि हुदैन ?
सागर -: यतैतिर आउनु न । मेरो व्यवसाय पनि हेर्नुस् न प्यारी ।
म -: होइन , म त आउँदिन । हजुर नै आउनु न । म स्तुपाकाे पछाडि छु है ।
सागर -: हुन्छ , म दस मिनेटमा आउँछु ।
म-: हुन्छ , छिटो म पर्खिरहेकी छु । स्तुपा पछाडि ल ।
अचम्म लाग्छ । हामी माेबाइलमा कुराकानी गर्न थालेको नि झन्डै तीन बर्ष भएछ । हामी राम्रै साथी भएका थियौ । हामी एक-अर्कोलाई नामले नै बाेलाउँथ्याै ।मलाई त नामले बाेलाएकाे निकै मनपर्छ र आत्मिय लाग्छ । सागरलाई कस्तो लाग्छ ? मैले कहिले साेधिन । मैले नामले बाेलाउँदा प्रतिकार कहिल्यै नगरेकोले उहालाई नि मनपर्छ । मैले त्यहीँ बुझेँ ।
यो तीन बर्षमा सागरले धेरै पटक र पटकपटक भेट्न आग्रह गर्नुभएको थियोे । भेट्न नमानेपछि धेरै पटक रिसाउँदै गाली नि गर्नुभएको थियोे । अति भएपछि आज बल्ल भेट हुने सहमति भएको छ ।
मानिसहरू मलाई ट्वाल्ल परेर हेरिरहेका थिए । कताकता अप्ठ्यारो लाग्यो । मनमनै रिस पनि उठ्यो । के जेलबाट अपराधी भागेको र अचानक पुलिसले समाते झै गरेर हेरेको ! हुन त आजभोलि मान्छे निर्दय भएका छन् । मद्दत भन्ने हराउँदै गएको छ। लाग्छ मेरो वरिपरि सजिव ढुङ्गाहरु चलमलाई रहेछन् । कस्तो संवेदनाहिन जस्ता भएका मान्छे , मानवता हराउँदै गएको छ आजभोलि त , दिक्क लाग्छ ।
(घडी हेर्छु) ११:३८ भएको मात्रै भएको छ । म स्तुपाकाे पछाडि हरियो रङ्ग लगाएको बेन्चमा बसिरहेकी छु । (माेबाईल खेलाउँदै ) सागर आउने समय त भयो कि मैले चिनिन ? अँह त्यस्तो त नहुनु पर्ने ,सागरले मलाई नचिनेनि म चिन्छु त ।
मैले फेरि सागरलाई कल गरे ।
म-: हेलाे ! सागर कहाँ पुग्नु भयो ?
सागर -: हेर्नुस् न प्यारी मेरो गाडी बिग्रेको छ । म बसबाट आउँदैछु । तपाईं बस्दै गर्नुस् ।म जयवागेश्वरी आइपुगे अब म पाँच मिनेटमा आउँछु । यति भनेर कल काटियाे ।
मनमा अनाैठाे छट्पटी , बेचैनी जस्ताको तस्तै थियोे ।( लामाे लामाे सास तान्दै) घाम उस्तै चर्काे , १२:३० भएको छ । अझैसम्म सागर आउनु भएन । कस्तो नराम्रो बानी आफ्नो मात्रै कुरा सक्ने , मेरो नसुन्ने
उफ….।
मैले फेरि कल गरे । कल उठ्यो । सागर भन्दै हुनुहुन्थ्यो ।
सागर-: म स्तुपा बाहिर छु । पाँच मिनेटमा आएँ । कल काटियाे ।
मलाई हल्का रिस उठ्छ । यस्तो पाँच मिनेट जाेडेकाे भए त ६० मिनेट भईसक्थ्याे । तर अझैसम्म सागर आउनु भएन ।
(माेबाईल खेलाउँदै ) स्तुपा वरिपरि हेर्छु त टिकटकको बजारै पाे रहेछ त । काेहि नाच्दै , काेहि गाउँदै त काेहि अनक हाउभाउका साथ नक्कल गर्दै थिए ।
मन्दमन्द बतासले निधारमा कपालका त्यान्द्रा असरल्ल छरिएका थिए । मैले बिस्तारै मिलाउँदै बाटो तर्फ हेरिरहेकी थिए । खाेजिरहेकी थिए सागरलाई ।
आकाशमा बादले ढाकेर एकै छिनमा अँध्यारो र एकै छिनमा उज्यालो भइरहेकाे थियो । पानी पर्ला कि भन्ने चिन्ताले घरिघरि मन आत्तिएकाे थियोे । माैसमसँगसँगै मन पनि अँध्यारो , उज्यालो भइरहेको थियोे ।
निलाे रङ्गको सटमा , ताेरीकाे फूल जस्तै मसिना मसिना फूल भएको सट , सट बाहिर स्टकाेट ,कपडाकै प्यान्ट , चिटिक्क सुहाउँदो पहिरन र कालो झ्याप्प दारीमा परैबाट मुस्कुराउँदै , नमस्कारकाे अभिवादन सहित सागर आउनु भयो । मन ढक्क फुल्याे । हल्का लाज नि लाग्यो । सागर झट्ट हेर्दा कुनै साउथ फिल्मकाे नायक झैं देखिनु भएको थियोे । तर म उफ …….. ।
सागरलाई हेर्दै मुसुक्क हाँसे , सागर नि मुस्काउदै नजिकै आउनु भयो । खेल्दै गरेको माेबाईल बन्द गरे । मसँगै चिपिक्कै टाँसिदै बेन्चमा बस्नु भयो (दारी कन्याउँदै ) ।( खुसी भएको मुद्रामा ) कस्तो गर्मी है प्यारी ? प्यारी फ्याट्टै पाे भन्नू भयो त । (रिसाएको मुद्रामा ) के थाहा मलाई । चिपिककै टाँसिएको मलाई कस्तो कस्तो लाग्यो । म अलिकति ठाउँ सरेँ ।
सागर -: (रिसाएको मुद्रामा ) जानुन बरु अर्को बेन्चमा , किन त्यहाँ मात्रै !
म -: मुस्कुराउँदै , हेरिरहन्छु ।
सागरले मेरो पार्सलकाे झाेला च्यात्दै , कसले पठाएको यी पुस्तक ? साेध्नु भयो ।
म -: हेर्नुस् न नाम त्यहीँ छ त ।
सागर -: भाेक लागि रहेको छ । हिड्नु न केही खाउँ ।
एकैछिनमा हामी स्तुपाकाे पछिल्लो गेटबाट बाहिर निस्कन्छाै ।