कहिलेकाहीँ सोच्दै नसोचेको पनि सवाल आइपुग्छ
माहुरीलाई भनि साँचेको फूलमा अरिंगाल आइपुग्छ
धनीको जुठेल्नु जस्तै छ यो मेरो दुर्गम गाउँ पनि
जति मिठो भाग पस्के पनि रित्तो थाल आइपुग्छ
त्यति समयमा आउनुहुन्छमेरा बा मट्टीतेल किनेर
जति समयमा कतारको मान्छे नेपाल आइपुग्छ
स्ट्रेचर चढेकी एक आमाले पर्देशीलाई सम्झाइन्
बाबु !जहाज बोक्नेले ठोकाउलान् जब पर्खाल आइपुग्छ।