कोहि आखामा यसरि बसि दिन्छ!
मानौं आखाको नानि बनि दिन्छ!
फूलहरुलाई के मन्दिर के बगैंचा,
फूल त आर्यघाटमा पनि फुलि दिन्छ!
तिमिले चौतारीमा पर्खिनु भनेकि छौ,
लाग्छ कुनै बटुवाले यो मन चोरि दिन्छ!
जिन्दगी नै दिदा पनि पुग्दैन कसैलाई ,
कसैलाई झरेको फूल उपहार भइ दिन्छ!
यो प्यार यस्तै हो,इन्तजार यस्तै हो,
जति प्यास मेटाउछ उति तिर्सना थपिदिन्छ!