काठमाडौ । दोभानचौर खबर
मंसिर ७ गते बित्तीय संस्थाले गरेको ज्यादती विरुद्ध समाजसेवी दुर्गा प्रसाईको नेतृत्वले गर्न लागेको आन्दोलनमा निर्माण ब्यवसायीलाई सहभागी हुन निर्माण ब्यवसायी महासंघका आन्तरिक उपमहासचिव नरहरि थपलियाले अनुरोध गरेका छन। निर्माण ब्यवसाय कुनै पाटी र संगठन भन्दा पहिला आफ्नो ब्यवसाय जोगाउन समेत अनुरोध गरेका छन्।
बैंक तथा बित्तीय संस्थाले गरेका कार्य अपराधी गतिविधि हुन्। कर्जा लिदाँ ब्याजदर फरक हुन्छ्। अनि लिने ब्याजदर फरक। लोन लिनेलाई कुनै जानकारी हुँदैन के यो अपराधी गतिविधि होइन समेत प्रश्न राखेका छन थपलियाले। दोभानचौर खबर सगँ कुरा गर्दै सबै निर्माण ब्यवसायको पनि यो आन्दोलनमा सहकार्य हुने बताए।
बिमा कम्पनीले भुक्तानी गर्न बषौं लाग्ने, राज्य मौन दर्शक बन्य उल्टै विभिन्न कानुन बनाउने र काममा बाधा अड्काउ पार्ने जसले गर्दा ब्यवसाय नै धरासाय बन्न पुगेको छ। त्यसैले देशभरका निर्माण ब्यवसाय एक भएर लाग्नुपर्छ अन्यथा हाम्रो ब्यवसाय धरासाय बन्न सक्छ भनेर नरहरि थपलियाले ब्यवसाय प्रती चिन्ता ब्यक्त गरेका छन।