इन्डियन आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पेट्रोलमा प्रतिलिटर ४१ पैसा बढेको नयाँ मूल्य सूची पठाएको छ । यसैगरि डिजेलमा प्रतिलिटर १२ पैसा र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर २० पैसा घटेको मूल्य सूची आईओसीले पठाएको छ । पेट्रोलको भाउ बढेर आएपनि नेपाल आएल निगमले भाउ यथावतै राख्ने जनाएको छ । निगमले अहिले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३०० रुपैयाँ ४१ पैसा घाटा रहेको भए पनि मूल्य यथावत राख्ने जनाएको छ ।