रामेछाप खेलकुद बिकास समिती रामेछापका अध्यक्षमा सिताराम कार्किले नियुक्तिपाएका छन। बागमती प्रदेश खेलकुद बिकास परिषदले कार्किलाई नियुक्ति दिएको छ।
मंसिर २४ गते कार्कीलाई ४ बर्ष कार्यकाल हुने गरि रामेछाप खेलकुद बिकास समितिको जिम्मेवार दिएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिब दिपक लामाले दोभानचौर खरबलाई जनाएका छन। खेललाई समाज र राष्ट्रसँग जोड्न कार्किले सक्ने परिषद्ले बिश्वास लिएको छ। कार्कीले नेपाल खेलकुद महासंघ बागमती प्रदेशको अध्यक्षमा रहेर काम गर्दै आएका छन।







