Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार

दोभानचौर खबर by दोभानचौर खबर
December 29, 2024
in अन्तराष्ट्रिय
0
दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार

TOPSHOT - Firefighters and rescue personnel work near the wreckage of a Jeju Air Boeing 737-800 series aircraft after the plane crashed and burst into flames at Muan International Airport in South Jeolla Province, some 288 kilometres southwest of Seoul on December 29, 2024. A Jeju Air plane carrying 181 people from Bangkok to South Korea crashed on arrival December 29, colliding with a barrier and bursting into flames, with only two survivors rescued so far and 120 confirmed dead. (Photo by JUNG YEON-JE / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरिया: दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।

जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाबाहेक अन्य यात्रु जीवित  नहुनसक्ने सम्भावना क्षीण देखिएको छ । 

पर्खालमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो । 

अहिलेसम्म ९४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक चालक दलका सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सियोलबाट करिब २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबाट उद्धार गरिएका दुई जनाबाहेक सबै बेपत्ताको मृत्यु भएको अनुमान गरिएको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन् ।

“विमान भित्तामा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। जीवित उद्धार भएका दुई यात्रुको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,” अग्निनियन्त्रक निकायका एक अधिकारीले भने । 

“विमान लगभग पूर्णरुपमा ध्वस्त भइसकेको छ र मृतकको पहिचान गर्न कठिन छ,” ती अधिकारीले भने। 

उनले भने, “अहिले हामी जलेका मृतशरीर निकाल्ने प्रक्रियामा छौँ, यसका लागि केही समय लाग्नेछ ।”

दुर्घटनालगत्तै एक यात्रु र चालक दलका एक सदस्यलाई उद्धार गरी मोक्पोको एक अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा सवार मध्ये दुई जना थाई नागरिक बाहेक अधिकांश कोरियाली नागरिक थिए ।  

स्थानीय टिभी स्टेसनहरूले प्रसारण गरेको भिडिओमा विमानले आफ्नो ल्यान्डिङ गियर बिना नै अवतरण कोसिस गरेको देखाइएको छ। विमान भुइँमा चिप्लिँदा कङ्क्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासी आगोको ज्वालो निस्किएको थियो ।

अधिकारीहरुका अनुसार चराको आक्रमणका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु भएको छ ।

दक्षिण जिओलका अधिकारीहरूले उच्च स्तरमा आपतकालीन निकायहरूलाई सक्रिय पारेका छन् र सबै उपलब्ध उद्धार र प्रहरी कर्मचारीहरूलाई दुर्घटना स्थलमा तैनाथ गरेका छन्।

कार्यवाहक राष्ट्रपति चोइ साङ–मोक मध्याह्नतिर दुर्घटनास्थलमा पुगी घटनास्थलको निरीक्षण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीहरूलाई खोजी कार्यका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ । रासस

Previous Post

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

Next Post

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

RelatedPosts

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प
अन्तराष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

October 10, 2025
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
अन्तराष्ट्रिय

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

July 1, 2025
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

June 24, 2025
अमेरिकाको मिनेसोटामा विमान दुर्घटना
अन्तराष्ट्रिय

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

March 30, 2025
सन् २०२४ मा चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी : सरकार
अन्तराष्ट्रिय

सन् २०२४ मा चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी : सरकार

February 10, 2025
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
अन्तराष्ट्रिय

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

January 7, 2025
Next Post
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार