Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

दोभानचौर खबर by दोभानचौर खबर
August 1, 2025
in कला/साहित्य, कला र साहित्य
0
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं

कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’ प्रदर्शन भईरहेको छ। सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो। नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको अभिनय रहेको छ।

सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ…’। जहाँ दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई चित्रण गरिएको छ। एकातिर प्रकृतिसँग रमाउन चाहने रानीफूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरु गुञ्जिन थाल्छन्। अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफुलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरु बनाउन थाल्छ। यि दुई पात्रहरुको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथावस्तु तयार पारिएको छ।

समाज र व्यक्तिका दृष्टिकोणले जीवनको परिभाषा फरफरक हुन्छ। समाज र समयले लखेट्दा लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतीसँग रमाउन चाहने रानीफूलले आफ्नो जीवनमा खोजेको परिभाषा हो नाटक ‘जब फूलले आकार लिन्छ…’। नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ।

मितव्ययी रंग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरु निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ। सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहेका छन्। तीन महिने रंग प्रशिक्षण पश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ…’ त्यही सिद्धान्तमा आधारित रहेको छ। बिहीबारबाहेक हरेक दिन सवा ५ बजे र अतिरिक्त सो शनिबार १ बजे मञ्चन हुँदै आईरहेको नाटक साउन १८ गतेसम्म मञ्चन हुनेछ।

Previous Post

गठबन्धनले देशमा स्थायित्व र आर्थिक सुधार ल्यायो;परराष्ट्रमन्त्री राणा

Next Post

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर
कला र साहित्य

निलो आकासैमा बादलु’ सार्वजनिक : तीजका रौनकमा सञ्जु र पुस्कलको स्वर

July 21, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको
कला र साहित्य

‘गुडगुडे बजाउँदै’ लोकदोहोरी गीत सार्वजनिक, मौलिक सांगीतिक स्वादमा सजिएको

June 29, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
Next Post
बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार