Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

दोभानचौर खबर by दोभानचौर खबर
February 17, 2026
in दाेभानचाैर आज
0
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत मात्रै गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेसँगै उम्मेदवारहरू धमाधम बैंक खाता खोल्न थालेका छन्। आयोगको नयाँ व्यवस्थाअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावी खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ। यसअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन्।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फका कुल ३,४०६ उम्मेदवारमध्ये ६७१ जनाले बैंक खाता खोलेको विवरण आयोगको प्रणालीमा प्राप्त भइसकेको छ।

यसअघि भएका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने व्यवस्था अनिवार्य थिएन। तर यस वर्षदेखि दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीबाट गर्नुपर्ने नियम लागू गरिएको हो। यसले निर्वाचन खर्चलाई थप पारदर्शी बनाउने आयोगको विश्वास छ।

आयोगले भौगोलिक अवस्थाका आधारमा उम्मेदवारले अधिकतम रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ। आर्थिक अनुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्ता दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसकेका छन् भने सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको अवस्था छ।

नेपाल राष्ट्र बैंकका अनुसार देशभरका ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा छन्। आयोगले रु २५ हजारभन्दा बढीको रकम बैंक खातामार्फत मात्रै लिने र खर्च गर्ने व्यवस्था गरेको छ।

यसै सन्दर्भमा आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको थियो। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीमार्फत निर्वाचन खर्च गर्दा पारदर्शिता सुनिश्चित हुने बताए। बैंकसँगको छलफलमा हातहातमा नगद लिएर चुनावी खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसका लागि आयोगले छुट्टै निर्देशिका तयार पारेको जानकारी पनि दिए।

Previous Post

भूकम्प प्रभावित सम्पदाको पुनर्निर्माणका लागि नेपालद्वारा म्यान्मारलाई ३ लाख ५० हजार डलर सहयोग

Next Post

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

RelatedPosts

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
अरनिको गाडी रामेछापमा अवरोध
दाेभानचाैर आज

अरनिको गाडी रामेछापमा अवरोध

February 13, 2026
खाँडादेबी फुडल्याण्डले पूरा गर्‍यो पाँच वर्ष
दाेभानचाैर आज

खाँडादेबी फुडल्याण्डले पूरा गर्‍यो पाँच वर्ष

February 2, 2026
जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
दाेभानचाैर आज

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

January 13, 2026
Next Post
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार