Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

दोभानचौर खबर by दोभानचौर खबर
September 4, 2023
in अर्थतन्त्र
0
अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए ।

नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिए । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए ।

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा. महतले पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गले बढाउने बताए । पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उनले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा प्रदेश र सङ्घीय सरकारले ध्यान दिएको बताए । पछिल्ला समयमा छोटिएका पदमार्गलाई कसरी विस्तार गर्ने सम्बन्धमा छलफल आवश्यक भएको बताउँदै उनले उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच सय रुपैयाँ दरका भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताए । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने बताउँदै उनले निर्माणाधीन पोखरा–मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई, महासचिव सञ्जयकान्त सिग्देल, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले बोलेका थिए । उक्त अवसरमा परिषद्का गतिविधिमा विभिन्न तवरबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । 

Previous Post

संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री

Next Post

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार