Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जनैपूर्णिमामा पाँचपोखरी तीर्थयात्रा : गोकुलगंगा युवा सञ्जालको पहलमा निःशुल्क स्वास्थ्य शिविर

Samjhana Gautam by Samjhana Gautam
August 6, 2025
in समाज, समाचार
0
जनैपूर्णिमामा पाँचपोखरी तीर्थयात्रा : गोकुलगंगा युवा सञ्जालको पहलमा निःशुल्क स्वास्थ्य शिविर
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप: जनैपूर्णिमाको अवसरमा जट्टापोखरी–पाँचपोखरी तीर्थयात्रामा जाने भक्तजनहरूका लागि गोकुलगंगा युवा सञ्जालको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनैपूर्णिमा नजिकिँदै गर्दा, प्रत्येक वर्ष झैं यसपटक पनि हजारौं श्रद्धालु रामेछापस्थित जट्टापोखरी–पाँचपोखरी दर्शनका लागि कठिन पहाडी यात्रा तय गर्दै छन्।

समुद्री सतहबाट करिब ४५०० मिटरको उचाइमा पर्ने क्षेत्रमा यात्रुहरूलाई उचाइको असर, चिसो मौसम, थकानजस्ता स्वास्थ्य समस्या देखिने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा उपलब्ध गराउन यो शिविरको आयोजना गरिएको हो।

शिविर पानीपाखा क्षेत्रमा सञ्चालन हुनेछ, जहाँ प्राथमिक उपचार, रक्तचाप मापन, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निःशुल्क रुपमा प्रदान गरिनेछ। थप स्वास्थ्य सेवा आवश्यक परेमा शिविर स्थलमै समन्वय गरी उपचारको व्यवस्था गरिनेछ।

गोकुलगंगा अस्पताल तथा चुचुरे स्वास्थ्य चौकीको समन्वयमा चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण तथा औषधिहरूको व्यवस्था गरिएको छ। साथै, अर्किड मेडिकल हल शिवालय, गौरीशंकर संरक्षण क्षेत्र र शिवालय क्लिनिक एण्ड थाइराइड सेन्टरको  औषधि तथा अन्य आवश्यक सामग्रीमा सहयोग रहने छ।

शिविरसँगै, पाँचपोखरी–जट्टापोखरी जाने तथा फर्किने मार्गहरूमा स्वयंसेवकहरू परिचालन गरिनेछ, जसले यात्रुहरूको व्यवस्थापन, सुरक्षामा सहयोग पुर्‍याउनेछन्।

हिन्दू धर्मावलम्बीहरूको श्रद्धा र आस्थाको प्रतीकका रूपमा परिचित जट्टापोखरी र पाँचपोखरी जनैपूर्णिमा नजिकिँदै गर्दा तीर्थयात्रीहरूको आकर्षणको केन्द्र बनेका छन्।

रामेछापको गोकुलगंगा गाउँपालिका–१ र दोलखाको जिरी नगरपालिका–१ को सिमानामा अवस्थित यी पवित्र पोखरीहरू धार्मिक, पौराणिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। विशेषगरी जनैपूर्णिमा र नागपञ्चमी  जस्ता अवसरमा यहाँ हजारौं भक्तजन दर्शन र स्नानका लागि पुग्ने गर्छन्।

पौराणिक महत्व
किंवदन्तीअनुसार, सत्ययुगमा भगवान शिवले विष पिएपछि विषको असर कम गर्न र मन शान्त पार्न जट्टापोखरीमा डुबुल्की मारेका थिए। यही कारण यो पोखरीलाई “शान्ति पोखरी” पनि भनिन्छ। धार्मिक ग्रन्थ र पुराणहरूमा समेत जट्टापोखरीको उल्लेख पाइन्छ, जसले यस स्थलको पवित्रता र ऐतिहासिकता पुष्टि गर्छ।

जट्टापोखरीको ठ्याक्कै माथि रहेको पाँचपोखरी समुद्री सतहबाट ४६०५ मिटर उचाइमा रहेको छ। एउटै पोखरीभित्र प्राकृतिक रूपमा उभिएका बाँधहरूले यसलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ। कथन अनुसार, पाण्डवहरूले वनवासका क्रममा यही पोखरीमा स्नान गरी केही समय बिताएका थिए।

तीर्थयात्राको मार्ग
जट्टापोखरी र पाँचपोखरी पुग्न चाहने श्रद्धालुहरूका लागि यात्रा पनि साहसिक र रमणीय छ। भक्तजनहरूले काठमाडौंबाट जिरीहुँदै गर्जङ्ग, खहरे, पानीपाखा र मानेडाँडा हुँदै पैदल यात्रा पश्चात जट्टापोखरी र त्यसपछि पाँचपोखरी पुग्न सक्छन्। चिसो मौसम, हरियाली, हिमाली दृश्य र शुद्ध वातावरणले यात्रालाई अझै आध्यात्मिक बनाउँछ।

धार्मिक र पर्यटकीय सम्भावना
प्राकृतिक सौन्दर्य, पौराणिक कथा र धार्मिक आस्थाको संगमले गर्दा जट्टापोखरी र पाँचपोखरी धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना बोकेको स्थान हो। विशेष पर्वमा यहाँ हजारौं भक्तजन मात्र होइन, आन्तरिक तथा बाह्य पर्यटकहरूको चाप पनि बढ्ने गरेको छ।

Previous Post

जनचासो सम्बोधन गरेर विधयेक समितिले कानुन परिमार्जन गर्छ : गृहमन्त्री लेखक

Next Post

प्रधानमन्त्रीद्वारा तुर्किमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
प्रधानमन्त्रीद्वारा तुर्किमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्रीद्वारा तुर्किमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार