काठमाडौँ: आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर २ लाख ४१ हजार ७ सय रुपैयाँमा पुगेको छ। हिजो यसअघिको मूल्य २ लाख ४३ हजार रुपैयाँ थियो।
सोही क्रममा चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ८५ रुपैयाँ कम हुँदै ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहनएको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य ३ हजार १ सय ८५ रुपैयाँ थियो।






