आउनुस हजुर आज मेरै खर्चमा चियापान हुन्छ।
दशैं सकियो तपाईंको मेरो पनि त रमजान हुन्छ।
आफन्त नचिन्ने सहरसँग मिल्दैन गाउँको विशेषता
महोदय,गाउँमा त अन्जानको पनि सम्मान हुन्छ।
तिमीलाई बिर्सेको रात के-के हुन्छ थाहा नै छैन
तिमीलाई सम्झेको रात त ननिदाई बिहान हुन्छ।
चिच्याएर गुहार मागेको खबर सुनाइदेउ है भित्ता,
आमाले भनिरहनु हुन्थ्यो तिम्रो पनि कान हुन्छ।
यादमा पत्ता पत्ताले चेप्ट्याउदै थिचेर राख्छन्
चङ्गा बनेको दिन कागजको पनि त उडान हुन्छ।
– अस्मिता भट्टराई, मोरङ्ग





