रामेछाप । आम निर्वाचन मंसिर ४ गते नेपाल सरकारले निर्णय गरे सगै देशभरका नेताहरु आफ्नो निर्वाचन क्षेत्र खोज्न थालेका छन। समाजसेवी, पत्रकार र कलाकार पनि कहि कतै बाट उठ्ने घोषणा गरेकाछन। भने केन्द्रीय नेता पनि आफ्नो पक्का क्षेत्र खोज्न लागि परेकाछन।
यस्तै रामेछाप नेपाली कांग्रेस बाट पनि झन्डै एक दर्जन नेता चुनाब उठ्ने मनोसाय बनाएका छन। राष्ट्रिय गठबन्धन बाट चुनाब जित्ने पक्का भएपछि केही नेबिसंघका नेता पनि केन्द्रमा टिकटको लागि मरिहत्ते गरेको पाइन्छ। रामेछापमा नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका सामान्य परिवारका सामन्य मान्छे, प्रखर बक्ता अर्जुन केसि अहिले अहिले प्रदेश सदस्य हुन। उहाले जिल्लामा २ पटक जिल्ला सभापति मा पराजित बेहोर्नु पर्यो भने १४ औं महाधिवेशन मा सबै भन्दा धेरै मत ल्याएर केन्द्रिय महाधिवेशन जितेका हुन। केसि सबै कार्यकर्ता सग एकै खालको ब्यहार गर्छन। झुट बोल्न नजान्य केसि कुनै पदमा लोभिएको देखिएन। पछिल्लो समय उहाले पाटिले टिकट दिए म गठबन्धन भए पनि नभए पनि निर्वाचन जाने र जनमतको कदर गर्ने कुरा गर्नुभएको हो। गठबन्धन भएर लोभिएको हो भन्य प्रश्नमा उहाले मुस्कुराउदै जबाफ दिनुभयो! होइन म गठबन्धनले लोभीयको होइन। जिन्दगी पाटी पाटी भनेर सकियो अब अन्तिम पटक जनता समक्ष माया र सद्भाव देखाउन जान लागेको हो। मलाई बिश्वास छ यो पटक सबैले मलाई सयोग गर्नुहुन्छ र म जित्छु, नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट सगै उम्मेदवारी दिने सार्बजनिक गर्नुभएको हो। केसि को क्षेत्र अघिल्लो निर्वाचन मा नेकपा एमालेले जितेको क्षेत्र हो। – बोहरा अंकल, रामेछाप।





