Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

दोभानचौर खबर by दोभानचौर खबर
April 1, 2026
in राजनीति
0
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ, १२ चैत : सपथ ग्रहणमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहणमा सहभागी प्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस

2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको नयाँ संसद्को पहिलो अधिवेशन भोलि (बिहीबार) देखि सुरु हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यो अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २:०० बजेका लागि आह्वान गरेका छन्। प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ भने राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पुरानो भवनमा सञ्चालन हुनेछ। यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो।

विसं २०६४ मा ६०१ सदस्यीय संविधानसभा गठन भएयता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको प्रतिनिधिसभाको बैठक १८ वर्षपछि पुनः सिंहदरबारस्थित संसद् भवनमा बस्न लागेको हो। यसअघि विसं २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनपछि संसद् अधिवेशनहरू सिंहदरबारकै पुरानो भवन ९ग्यालरी बैठक०मा सञ्चालन हुने गरेका थिए।

संविधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो। सो निर्वाचनमार्फत जनताले रास्वपालाई स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउने जनादेशसहित करिब दुई तिहाइ बहुमत दिएका छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार दुवै सदनको बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसम्बन्धी सबै तयारी पूरा भइसकेको छ। बैठकमा सदस्यहरूको बसाइ व्यवस्था परम्पराअनुसार मिलाइएको छ। प्रतिनिधिसभामा सभामुखको आसनको अगाडि दाहिनेतर्फ सत्तापक्ष, बीचमा सरकार र बायाँतर्फ प्रतिपक्ष रहने व्यवस्था गरिएको छ।

यसअनुसार प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताको आसन नजिकै रहनेछ। लोकतान्त्रिक संसदीय अभ्यासमा संसद्लाई प्रतिपक्षको सत्ताका रूपमा पनि लिने गरिन्छ। यस अधिवेशनमा सत्तापक्षतर्फ मन्त्रिपरिषद्का सदस्य तथा रास्वपाका सांसदहरू रहनेछन् भने प्रतिपक्षतर्फ एक स्वतन्त्रसहित ९३ सांसद सहभागी हुनेछन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाका रूपमा संसद्लाई महत्वपूर्ण स्थान दिइन्छ।

Previous Post

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

Next Post

राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता

RelatedPosts

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राजनीति

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

May 5, 2026
भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
Next Post
राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता

राष्ट्रियसभामा नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने सांसदहरूको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार