राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिबेशनमा यो पालामा पार्टी नेत्रृत्वका लागी नयाँ अनुहार राजेन्द्र लिंदेन अगाढी देखीएका छन्। लामो समय पार्टी चलाउन पाउदा पनि कुनै राजनैतिक सुधार नहुने र पार्टी माथि नबढ्ने देखीएकाले आफु पार्टीको नेत्रृत्वका लागी अघि बढेको जिकिर लिंदेनको छ । राप्रपा र राप्रपा नेपाल एकिकरण पछि नेत्रृत्व चयनका लागी महाधिबेशन हुन लागी रहेको हो र कमल थापा राप्रपा नेपाल गठन पछि लामो समय अध्यक्ष पदमा थिए भने लिंदेन पनि राप्रपा नेपाल पृष्भुमीबाट आएका प्रभावशाली नेता हुन ।
बिगतमा राप्रपा जुट्ने र फुट्ने नमिठा धेरै ईतिहास छन र यो समय फेरी इतिहास दोहोरिने अबस्था आउन सक्नेमा पार्टिका सक्रिय कार्यक्रतालाइ पिरलो परेको छ । पार्टि नेतृत्वमा सधै एउटै अनुहार दोहोरिनु हुन्न भन्ने नारा सबै पार्टिमा देखिए पनि कुनै पार्टिका दोश्रो स्तरका नेताहरुमा नेतृत्वका लागी आफु तयार रहेको भनेर भन्न नसकि रहेको बेला लिंदेनले ठुलो आट गरेर अध्यक्ष पदमा उमेद्वारि दिईसकेका छन ।
यहि क्रममा पार्टिका हालका अध्यक्ष कमल थापाले १७ गते दिनमा नो कमेन्ट क्याप्सन राखेर एउटा भिडियो क्लिप शेयर आफ्ननो फेसबुकमा राखे । उक्त भिडियोमा रेखा थापाको बोली थियो र जसमा रेखा थापाले राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्नमा गणतन्त्र रोजेकि छन् । राप्रपा राजसस्था र सनातन हिन्दु राज्यको नारा लगाउदै आएको पार्टि हो जसको महामन्रीमा नायिका रेखा थापा राजेन्द्र लिंदेन प्यानलबाट महाधिवेशनमा आफ्नो उमेद्वारी दिएकि छिन र कमल थापा प्यानलबाट नेत्रृ कुन्ती कुमारी शाहिको उमेद्वारी दिएकी छिन । कमल थापाको ब्यांयको रुपमा स्टाटसलाई लिन सकिन्छ ।

रेखा थापाको पनि काउन्टर अट्याक स्वरुप फेसबुकमा आफ्नो भिडियो शेयर गरीएको कमल थापाको स्टाटसको स्कृनसटसगै नो कमेन्टस् राष्ट्रबादी नेता भन्न असझिलो हुन्न वहालाई ? भन्ने क्याप्सनको साथमा एउटा भिडियो पोस्ट गरेकि छन जुन भिडियोमा कमल थापाले भनेका छन एमसीसी राष्ट्रहितमा छ भन्ने आशयमा राष्ट्रिय सहमति छ पारित हुनुपर्छ बपलेका छन । दोहोरी सुन्दा हेर्दा यस्तो लाग्छ यत्रो समय पार्टिको नेत्रृत्व लिएर आएको नेताले आफ्नो गरीमा नै पछि पर्नेगरी महाधिवेशनका बेला सोसल मिडियामा सक्रिय हुनुको साटो माहाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्ने थोयो कि अध्यक्ष ज्यू?
