Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राप्रपाको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालयमा आज बस्दै ।

दोभानचौर खबर by दोभानचौर खबर
December 8, 2021
in राजनीति, दाेभानचाैर आज
0
kamal thapa vs rajendra linden
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा आज बस्दै छ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार साढे १२ बजे निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन्।

बैठकमा राप्रपाका निवर्तमान अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई बोलाइएको छ।

यद्यपि, थापा भने बैठकमा नजाने उनीनिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए।

पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नजाने कारणबारे स्पष्ट कारण खुलेको छैन।

‘उहाँ बैठकमा जानुहुन्न मैले बुझेको यत्ति हो,’ बर्तौलाले भने।

उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि थापा अहिले नै बैठकमा जाने परिस्थिति बनिनसकेको बताए।

बुधबार बस्ने बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन्।

पूर्वअध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुन्छन्। पूर्वअध्यक्षत्रय तिनै जनालाई बैठकमा बोलाइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए।

‘तिनै जना निवर्तमान अध्यक्षहरूलाई बैठकबारे जानकारी गराउँदै बोलाइएको छ,’ श्रेष्ठले भने। 

बैठकमा अध्यक्ष लिङ्देनले निर्वाचित कार्यसमितिको एजेन्डा राख्ने बताइएको छ।

साथै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन निवर्तमान अध्यक्ष कमल थापाको कोठामा नबस्ने भएका छन्।

लिङ्देनका लागि राप्रपा केन्द्रीय कार्यालयमा नयाँ कोठाको तयारी गरिएको नेता मोहन श्रेष्ठले बताए।

लिङ्देनले आफ्नो महामन्त्रीको पुरानै कोठामा अध्यक्षको पदभार ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष थापाको सम्मानका लागि लिङ्देन उनको कोठामा नबस्ने निचोडमा पुगेको श्रेष्ठले बताए।

‘आफ्ना राजनीतिक गुरूको सम्मानको लागि उहाँ त्यो कोठामा नबस्ने निधोमा पुग्नुभएको हो, उहाँका लागि नयाँ कोठा बन्दोबस्त भइरहेको छ,’ श्रेष्ठले भने।

कहिलेकाहीँ कार्यालय आउँदा कहाँ बस्ने भन्ने समस्या पर्नसक्ने भएकाले थापाको कोठालाई नचलाइएको श्रेष्ठले बताए।

Previous Post

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने ।

Next Post

नेपाल पुनर्बीमा कम्पनीको लाभांश बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत ।

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
nepal re insurance company

नेपाल पुनर्बीमा कम्पनीको लाभांश बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार