रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल शुरु भएकाे छ। नेपाली काँग्रेसकाे महासधिवेशनमा मनोनयन दर्ता गर्ने समय भोलिका लागि तोकिएको सन्दर्भमा अब रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको एक नेताले बताएका हुन् । उनै नेताका अनुसार शुक्रबार बिहान पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो भने बैठकमा अरुको नाममा सहमति हुन नसकेको सन्दर्भमा पौडेललाई नै स्वीकारेर अघि बढ्ने विषयमा निर्णय भएको छ।
नेपाली काँग्रेसको संस्थापन इतर समूह केही दिनयता साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भए पनि नेताहरुको अडानका कारण सहमति जुट्न सकेको छैन । विशेषगरी सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाले आफ्नो दाबेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो ।
लगातारको बैठकमा सहमति जुट्न नसके पछी निराश भइ राजनीति बाटै सन्यास लिने अभिव्यक्ति पौडेलले दिएका थिएकाेमा काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान उनलाई भेट्न उनको निवास बोहोराटार पुगेका हुन्।
अब पनि प्रकाशमान र शेखरले सभापतिमा दावी छाडेनन् भने केन्द्रीय नेताहरुको हस्तक्षेप मै उम्मेदवार टुंगो लगाइने भएको ती नेताको भनाइ छ । केन्द्रीय सदस्यहरुको बैठकमा कोइराला र प्रकाशमानले स्वीकारे आफूलाई पौडेललाई स्वीकार्न गाह्रो नहुने बताएका थिए । तर अहिलेको यता प्रकाशमान निकै अघि बढिसकेका छन् र उनले सभापतिको दौडबाट आफू पछि नहट्ने बताउँदै भोलि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।