काठमाडौं । नेपालमा राजनीतिक पार्टी भनेको नै एमाले र कांग्रेस मात्र रहेको नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएकाे छ । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा राजनीतिक पार्टी भनेको एमाले र कांग्रेस मात्र रहेको बताउनु भएकाे हाे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै पनि औचित्य नै नभएको बताउनु भएकाे हाे । उँहाले अरु पार्टीहरुको कुनै औचित्य नभएको भन्दै केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको तर्क गर्नुभएकाे र उँहाले कांग्रेसलाई पनि सहि बाटोमा हिड्नका लागि सल्लाह र सुझाव दिने धारणा कार्यक्रममा राख्नुभएकाे थियाे ।
नेपालमा नियन्त्रित अराजकता फैलाउने भारतीय षडयन्त्र बिरुद्ध एमाले लागेका कारण घेराबन्दीमा पारिएको उँहाले बताउनु भयाे । उँहाले केन्द्रीय कमिटी बैठकले आगामी कार्यदिशा तय गर्ने र अब एमालेभित्र रहेकालाई आराम गर्ने समय नरहेको जिकिर पनि गर्नुभयाे ।