Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नयाँ नेतृत्वका लागि केहीबेरमा मतदान हुँदै ।

दोभानचौर खबर by दोभानचौर खबर
December 13, 2021
in राजनीति, दाेभानचाैर आज
0
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नयाँ नेतृत्वका लागि केहीबेरमा मतदान हुँदै ।
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि केहीबेरमा मतदान हुँदै । महाधिवेशनबाट १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयनका लागी मतदान हुन लागेको हो ।

आज बेलुका पाँच बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जनाएको छ र मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरि सकिएको छ । मतदानका लागि सम्पुर्ण प्रतिनिधिहरु लाइनमा बसिसकेका छन् भने उम्मेदवारहरु प्रतिनिधि उभिएको लाइनमै पुगेर भोट माग्दै छन् ।

राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । चुनावमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ ।सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा हुनुहुन्छ ।

मुख्य प्रतिस्पर्धा भने देउवा र कोइरालाबीच हुने निश्चित छ । कांग्रेस विधानअनुसार, सभापतिमा विजयी हुन ५० प्रतिशत मत कटाउनुपर्छ । कुनै उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुन्छ ।

पहिलो चरणबाटै विजयी हुनेमा देउवा समूह आशावादी छ । छुट्टाछुट्टै प्यानल बनाएका कोइराला, सिंह र निधिले भने चुनावलाई दोस्रो चरणमा लैजाने नीति लिएका छन् । दोस्रो चरणमा पुर्याउन सकेमा सबै एक ठाउँमा उभिएर देउवामाथि दबाब बढाउन सकिने उनीहरुको बुझाइ छ ।

Previous Post

कोभ्याक्स १९ लाख ६५ हजार ६ सय मात्रा काेराेना भाइरसविरुद्धकाे मोडर्ना खोप आज आइतवार नेपाल भित्रियाे ।

Next Post

नेपाली कांग्रेसको सभापतिका लागि मतगणना चल्देै, देउवालाई कोईराले पछ्याउदै ।

RelatedPosts

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने
दाेभानचाैर आज

रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का कांग्रेसको केन्द्रीय सदस्य बन्ने

October 4, 2026
विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
Next Post
नेपाली कांग्रेसको सभापतिका लागि मतगणना चल्देै, देउवालाई कोईराले पछ्याउदै ।

नेपाली कांग्रेसको सभापतिका लागि मतगणना चल्देै, देउवालाई कोईराले पछ्याउदै ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार