काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो चरणको मतदानकाे मत गणना केहिबेरमा शुरु हुदैछ । मतदानमा चार हजार ७४३ मतदातामा ४ हजार ५६३ जनाले मतदान गरेका छन्।
पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो र याे पहिलाे चरणकाे भन्दा ११६ मत कम हो। केही महाधिवेशन प्रतिनिधिहरु घर फर्किएकाले यो संख्या कम भएको हुन सक्ने आकलन गर्न सकिन्छ ।
महाधिवेशनकाे बाँकी पदमा भएकाे मतदानकाे मतगणना भने बिहीबारदेखि पार्टी कार्यालय सानेपामा हुने बताइएको छ।