एक छाक्या बल्लो छ चुलो मेरा कर्नालीको।
दुख बुझ्न को आउन् छियो मेरा कर्नालीको।।
विदेशी गहुँ, मकै,आउदा तम्मा बजारउदा।
कुईयाको छ फापर कोदो मेरा कर्नालीको!!
नुन चामल शहरै छोड्डो,अौषधि त्यइ छोड्डो,।
नेता मात्तै बोक्न्या बाटो मेरा कर्नालीको!!
काला बाटा, चिप्ला गाडि, गुडाउनु सैनै छ।
भाग्यउदो गयाको पहिरो मेरा कर्नालीको!!
भोट माग्या खुट्टाउदै पडि मिठा कुणा अर्या।
अईले पेट धेक्तैनन् भोको मेरा कर्नालीको!!