काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व–प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन् ।
निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गरेका हुन् ।
बैटकमामा पछिल्लो समसामयिक राजीतिका बिषयका साथै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) का बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।