जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज साँझ बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो ।
आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ । भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ ।
२५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।
यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । कुनै पनि कम्पनीको आईपिओमा २७ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।
कम्पनीको आईपिओको नतिजा यसरी हेर्न सकिने छ ।
कम्पनीको वेबसाइट http://jalpamf.com/, बाट
बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com बाट
सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login बाट
र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।