काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड ८४ लाख ८० हजार ६ सय १४.०७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो ।
नेपाल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १४ प्रतिशत बोनस बापतको १ करोड ७६ लाख ९१ ह्जार ४ सय ६२.०७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यता, गुडविल फाइनान्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ९.१ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार १ सय ५२ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।