काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । टेलिसिरियल हल्का रमाइलोका निर्देशक तथा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिएका हुन् ।
उनी आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा अभिनय गरेका छन् । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टारमा पनी निर्णायकको भूमिका निर्वाह गरिरहेका थिए ।