Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गजलकार वसन्त ओलि वसन्तीकाे गजल संग्रह प्रकाशन हुदै

दोभानचौर खबर by दोभानचौर खबर
February 26, 2022
in कला/साहित्य
0
गजलकार वसन्त ओलि वसन्तीकाे गजल संग्रह प्रकाशन हुदै
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२०४६ जेठ ,३ गते घोराहीउपमहानगरपालिका ८(दुन्द्रा ,दाङमा जन्मिएका वसन्त ओलि वसन्ती युवा पुस्ताका चर्चित गजलकार हुन । उनको बोई नामक गजल संग्रह प्रकाशनको तयारीमा रहेको छ । २०६९ सालमा उपन्यास (तिर्सना) बजारमा ल्याएर औपचारिक साहित्यमा पाइला टेकेका उनको बोई गजल संग्रह दोस्रो कृति हो ।

यो सङ्ग्रह उहाँले आफ्नी स्वर्गीय हजुरआमा अम्बी ओली प्रति समर्पित गर्नुभएको छ । यस संग्रहमा विभिन्न लयमा लेखिएका १०१ गजलहरू हुनेछन् भने बोईको सत्य कथामा आधारित कथा समेटिएको केही पृष्ठहरू हुनेछ । जुन कथाले धेरैको मन जित्नेछ लाग्छ ।

गजलका चलन चल्तीमा रहेका लयहरू भन्दा अरू फरक लयमा लेखिएका गजल यस संग्रहमा हुनेछन् । यहि नयाँ वर्षसम्म बजारमा ल्याउने तयारीमा रहेको यस संग्रहमा नयाँ भाव र बिम्बहरू राख्न प्रयास गरिएका गजलहरु राखिएको छ । संग्रहलाई बुलबुल पब्लिकेसनले प्रकाशन गर्नेछ भने सफल बुक्स पब्लिकेसनले वितरकको जिम्मेवारी लिएको छ ।

नेपालमा कतिपय कृति प्रकाशन नगरेर स्टेज तताउनेहरु पनि छन, कतिपय थुप्रै किताब निकालेर पनि चुपचाप छन, के फरक छ भन्ने हाम्रो प्रश्नको जवाफ दिदै साहित्यकार वसन्त भन्छन्, त्यो गजलकारमा फरक पर्छ । उसको लेखन क्षमता र वाचन शक्तिले फरक पार्छ । कतिपय राम्रो लेख्ने वाचन नभएर अघि आउन सक्नु भएको छैन । कतिपय त अवसरको कारण पनि ।

नेपालमा किताब ननिकालेर स्टेज तताउने हुनुहुन्छ , स्टेजमा वाचन गर्नु र किताबमा भएका गजलमा केही फरक हुन्छ । अलि गहिरिएर सोच्नुपर्ने ,बुझ्न पढ्नै पर्ने पनि हुन्छ । तर स्टेजमा तत्काल दर्शक श्रोताले बुझ्ने गरी प्रतिक्रिया दिनु पर्ने भएकाले त्यस्तै खाले सेरहरू वाचन गर्नुपर्ने हुन्छ । हामीले किताब निकाल्दा पढेर मजा आउने र जसले लामो समयसम्म दिल दिमागबाट हट्न नमान्ने सेर लेख्नुपर्छ । त्यस्तो लेखकमात्रै स्टेज र पुस्तक दुवैमा उत्तिकै हावी हुन्छन् । अहिले केही देखिन थालेको छ त्यस्को असर ।

उनी युवा पुस्ताका गजलकार भएर पनि सबै खाले पाठक स्रोता बटुल्न सफल गजलकार हुन् । त्यस्तै पछिल्लो समय देशका विभिन्न ठाउँमा थुप्रै कार्यक्रमहरुमा उनले सहभागी भएर आफ्ना गजलहरु सुनाईसकेका छन् । पछिल्लो समय बोईको भुमिकामा लेखिएका केही कथाहरु अहिले सामाजिक संजालमा चर्चामा रहेका छन । यहाको समग्र साहित्यिक यात्रा र बोई गजल संग्रहको सफलताको कामना सहित दोभानचौर खबर परिवार शुभकामना व्यक्त गर्दछौ ।

दोभानचौर खबरकर्मी एबम साहित्यकार हिमाल सरोवरद्वारा तयार पारिएको सामग्री

Previous Post

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेट जारी

Next Post

एमाले अध्यक्ष ओलीलाई र प्रधानमन्त्री देउवा विच भेटघाट

RelatedPosts

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला
कला/साहित्य

तिमिलाई हेर्दा मात्रै अघाउछु प्रेम भएर होला

August 18, 2025
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
कला र साहित्य

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

August 13, 2025
सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन
कला/साहित्य

सर्वनाममा नाटक ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

August 1, 2025
यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई
कला र साहित्य

यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

July 7, 2025
नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने
कला/साहित्य

नेपाली भाषा साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद हुने

June 10, 2025
यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
Next Post
kp sharma oli sherbahadur deuba

एमाले अध्यक्ष ओलीलाई र प्रधानमन्त्री देउवा विच भेटघाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार