काठमाडौं । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवा विच भेटघाट भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका हुन् ।
कांग्रेसतर्फबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा छलफलका लागी बालकोट पुगेका छन् भने एमालेतर्फबाट ओली, महासचिव शंकर पोखरेल र उपमहा सचिव प्रदीप ज्ञवाली छलफलमा सहभागी छन्।
आज बिहान देउवा र ओलीबीच भेट हुने भनिए पनि ओली पोखरा गएकाले भेट हुन पाएको थिएन । गएको शुक्रबार प्रधानमन्त्री र ओली बिच पार्टिका नेताहरू सहित बिहीबार पनि छलफल भएको थियो ।
यस अघिको बैठकमा आफ्ना मागहरू पूरा गर्न कांग्रेस सकारात्मक भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताएका थिए । एमालेले असोज देखि प्रतिनिधि सभाको बैठक पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस्नु पर्ने त्यस्तो हुन नसके सभामुखले राजीनामा दिनुपर्ने मागहरु राखेर अवरूद्ध गर्दै आएको छ ।
प्रतिनिधि सभामा छलफलका लागि वातावरण बनेपछि मात्रै एमसिसीबारे धारणा बनाउने एमालेको अडान राखेको छ ।