यो जगत दुनियाँ सारा मुठ्ठीमा राखेर ।
को गयो मलाई कालो सुचिमा राखेर ।।
पत्थर जस्तो दिल रहेछ उस्को।
मैले पुजिरहे मन्दिरको मुर्तिमा राखेर ।।
आरामले कहिल्यै बाँच्न दिएन मलाई।
बाँचिरहेछु म मृत जिन्दगी राखेर ।।
यी आँखाहरु हरपलमा रुनुपर्छ ।
गल्ति गरेछु कसैलाई परेलिमा राखेर ।।
म आजाद पंक्षि हुँ छोडिदेन ए जिन्दगी ।
के पाउछस तैले मलाई बन्दकिमा राखेर ।।