चड्छ एक अनौठो नसा मलाई ।
तिमीले नलगाऊ आँखा मलाई ।।
मैले पनि यहाँ म खोजिरहेंछु ।
दुनियाँले खोज्छ दुनियाँमा मलाई ।।
म आफ्नै मृत्युको खबर सुन्दैछु ।
दिदै छु म शुभकामना मलाई ।।
लिलामीमा ईमान राख्नु छ पर्ने ।
गर्न जरुरी छ यो सौदा मलाई ।।
म कोही कसैको बिश्वास गर्दिनँ ।
अब कसले दिन्छ धोका मलाई ।।
यतिसम्म हलुँगो भएँछु कि म ।
उडाउँछ हावाको झोका मलाई ।।
मेरो बाटो मेरै अहमले छेक्यो ।
तिमिले पनि भनिनौ आ मलाई ।।
रमझमको मजा तँ ले अन्जान ।
एकान्तले नै दिन्छ मजा मलाई ।।