एउटा म हुँ प्रेममा बारम्बार भएको ।
कसैबाट सजिलै अस्विकार भएको ।।
म पनि परिचित छु यार धोका सँग ।
मेरो पनि थियो कसैसँग प्यार भएको ।।
युगौ देखि पिडित छ्न् फूलहरू पनि ।
सधैं भमराहरू बाट दिक्दार भएको ।।
तिम्रै नामको घाउ, आलै छ दिलमा ।
तिमी छैनौ र छैन यो सुधार भएको ।।
भलै सय, पचासको संगत को गर्छ ।
भेटाईसकेपछि आखिर हजार भएको ।।