काठमाडौं । उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने भएको छ । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा समायोजन गर्दै बढाएको हो ।
शुक्रबार बसेको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको बैठकको निर्णय अनुसार भाडा वृद्धि हुने भएको हो । वृद्धि भएको सवारी भाडा नयाँ वर्षको पहिलो दिन देखि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।
सार्वजनिक सवारी साधनको भाडा समायोजन पछि पहिलेको मुल्यमा पाँच देखि २० किलोमिटर सम्मको भाडामा २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
ट्याक्सीको भाडादरमा प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । त्यस्तै बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।
पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्य भन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।