
काठमाडौं । नेपाल प्रहरीले एक राउण्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली जापान उड्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गोली सहित पुगेको र उनलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो ।
उनले झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईले कस्ताे महसुस गर्नुभयाे ?
+1
+1
+1
+1
+1
+1
+1