Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ

दोभानचौर खबर by दोभानचौर खबर
November 6, 2022
in कथा
0
साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कथा , साथी त म जहाँ पुग्छु, त्यहीँ भेट्छु, आज मात्रै हजुर गलत साथी भेटेँ

हजुर साेध्दै हुनुहुन्छ , लेख्न कसरी मन लाग्याे भनेर -: हो अरुको पिडा आफैले अनुभुती गर्नुपर्छ , आफ्नो जसरी , बेस्सरी मुटु दुख्नु पर्छ , चाेट पुग्नुपर्छ हृदयमा अनि लेख्न आउँछ । ल अब हजुर अनुभुती गर्दै सुन्नुनुस है त।।

         मन चसक्क दुख्यो कता दुख्यो दुख्यो , तर नराम्रोसँग दुख्यो । मुटुमा बिझाईरहयाे , थिचे झै भयो ठुलो ढुङ्गाले , गाह्रो भयो धेरै बेर (लामो सास तान्दै) सास फेर्न पनि अप्ठ्यारो भयो उनलाई देखेपछि पहिलोपटक । उनलाई देखेपछि मनमा अथाह माया लाग्यो , माया भन्दा पनि सम्मान , इज्जत , सद्भाव जाग्यो । उनलेे कसैलाई भन्न नसकेर गुम्सेकाे एउटा रहर वा त्यो कलिलो मनको रहर मलाई भनिन् म नि:शब्द भएँ , धेरै समयसम्म बिचलित भएँ  र पिडा भयो ।

             उफ ! कस्तो गर्मी , धेरै दिनपछि घाम लागेर हाेला , पाेल्दाे छ यो घाम । म बाटोमा हिड्दैछु । काठमाडौ पनि तराईमा झै तातेकाे छ । यताउता हेर्छु मान्छेहरु हतारोमा फटाफट हिड्दैछन त के भन्नू हतारहतार दाैडिरहेका छन् ।सायदै बस स्टपबाट बस छुट्न लागेको हुनपर्छ । म पनि उसैगरि बस स्टप तर्फ भिड छिचोल्दै सकेसम्म छिटोभन्दा छिटो हिड्दै छु  । बस छुट्ने बेला भएको रहेछ । खलासी भाइ चिच्याउदै थिए । बस छुट्याे भने समयमा अफिस नपुग्दा हाकिमकाे अँध्यारो अनुहार , अँध्यारो अनुहार पछाडिको डरलाग्दो ब्यङ्गय , हजुर आफ‌ै पनि कल्पना गर्न सक्नुहुन्छ । त्यसैले हाेला काेहि ठेलमठेल गर्दै बस चढ्दै थिए त काेहि ओर्लिदै थिए ।

              उनको रहरले म फेरि झसङ्ग हुन्छु ,रनभुल्लमा पर्छु र पटकपटक हे ईश्वर भन्दै लामो सास तान्छु। म जहिल्यै झुटाे आश्वासन दिन्थे । तिम्रो रहर अवश्य पूरा हुन्छ । अर्को तीजमा लगाउ ल भन्थे र म बेस्सरी रुन्थे , उनले नदेख्ने गरि । उफ् ! आज पनि म उनको रहरसँग ठाेक्किनु पर्ने हुन्छ । त्यस अवस्थामा म के गराै कसाै गराै  बेचैनी र तनावग्रस्त हुन्छु ।

        ओ भाइ पख्नुस न म पनि जाने हो भन्दै म बसमा चढे । महिला सिटमा गएर बसे । झ्याल खुल्ला रहेछ , फाेहाेर ठ्वास्स गन्हायाे , नाकबाट माक्स ओठमा खसेछ , माथि सारे । कपाल निधार देखि मुखसम्म असरल्ल छरिदियाे झ्यालबाट छिरेको बतासले , मैले कपाल मिलाउँदै रबरले बान्दै अलिकति निधार तर्फ झारे।

(लामाे सुस्केरा तान्दै ) म झ्यालबाट बाहिर नियाँलिरहेँ । बस आफ्नै रफ्तारमा दाैडिरहेछ । उनले तीजको दर खाने  , छमछमी नाच्ने निम्तो पठाएकी थिईन ।म त्यहीँ निम्तोमा जाँदैछु ।एक मनले खुसी छु। उनीसँग धेरै समय पछि भेट हुनेछ ।भेट्दा मन हर्षित हुन्छ र उर्जा मिल्छ । तर फेरि  उनकाे रहर………उफ् म मरेतुल्य हुन्छु ।

          बस राेकिन्छ चपल कारखाना नजिकै , यात्रु पर्खिरहेको हुन्छ । एकैछिनमा Excuse me please मलाई समातेर भित्र तान्दिनु न म यो चढ्न सक्दिनँ । please तान्दिनु न यसाे भन्दै एक किशोरी बसकाे ढाेकामा उभिएकी थिईन् । मेरो ध्यान झ्यालबाट हटेर किशोरी तर्फ माेडियाे । शारीरिक अशक्त रहिछन् ।  किशोरीकाे अनुहार निकै निरीह देखिएको थियोे । यसरी याचना गर्दै जिन्दगी चलाउन असाध्यै कठिनाइ हुदाे हाे , अरुको असहयोगले राेकिने जिन्दगीको कस्तो यात्रा बिचरी ……….हजुर पनि अलिकति अनुभुती गर्नुहाेस त ।

ढाेकाकाेे सिधै दुई पुरुष बसिरहेका थिए , उनीहरू नि उनै किशोरीलाई हेरिरहेका थिए । तर सहयोगी पाखुरा उठाउन सकिरहेका थिएनन् । 

पहिलो पुरुष  -:  

                    सेताे सर्ट , राताे टाई , कालाे सुटमा लगाएको थियो । हातमा कालाे झाेला , हेर्दा निकै आकर्षक भद्र देखिन्थे ।

 दाेस्राे पुरुष  -:

                   कपाल( डेड्लक ) लट्टैलट्टा  लामाे , थरीथरीका रङ्ग पाेतिएकाे , आँखीभुइँमा छेडेर मुन्द्रा लगाएको , माथिल्लो ओठमा नि छेडेर मुन्द्रा लगाएको शरीरमा गन्जी मात्रै आधा जस्तो शरीर त नाङ्गो देखिएको  र टाटै टाटु खाेपेकाे , माला त झन कति हो कति घाँटीमा , नाडीमा , कम्मरमा झुन्डिएको …………कस्तो मनै झसङ्ग हुने , डर लाग्दाे ।

excuse me तान्दिनु न please म सक्ने भएको भए किन यसरी यत्रो बेरदेखि उभिरहन्थे र , यो मेरो रहर होइन बाध्यता हो । मेरो ध्यान उक्त पुरुषबाट हटेर फेरि किशोरी तर्फ तानियाे । धन्न मान्छेमा मानवता त मरिसकेको रहेनछ । किशोरीलाई तान्न दाेस्राे पुरुष पात्र गएँ , म छक्क परेँ। किशोरीलाई पाखुरामा समातेर बिस्तारै तान्दै थिए । पाखुरामा समातेर बस भित्र किशोरीलाई तान्दा उक्त पुरुषको हात किशोरीकाे संवेदनशील अंगमा पुग्छ ।मैले हेरिरहएँ  , किशोरीकाे अनुहार नराम्रोसँग बिग्रेको थियोे । उनले थाहा पाएर पनि प्रतिकार गर्न नसक्नु उनको बाध्यता थियोे । उक्त पुरुषले नि गलत नियतले र नराम्रो भावले गरेको झै लाग्दैन । उनले आफू बसेकाे सिटमा किशोरीलाई बसाए । म यहाँ नीर कसको गल्ती छुट्याउन असमर्थ भएँ । बस फेरि घुईकियाे ।

        खलासी भाइ कराउँदै थिए , चावहिल चाेक आएछ । ओर्लिनुस है पारीपट्टि राेक्दैन । म ओर्लिएँ । भाडा बस भित्र दिएकोले म फटाफट बाटो क्रस गरेर गणेश मन्दिर तिर लागे । पाँच मिनेट पछि म उनको घरमा पुगे । ढाेका अगाडि चप्पलै चप्पल मान्छे धेरै रहेछन् । मैले ढाेका खाेले झ्याप्पै अगाडि परीन : -” नमस्कार दिदी भन्दै , मैले नमस्कारकाे जवाफ दिन नपाउँदै  , एकै सासमा भनिन्  , पाउजु ल्याउनु भयो । यसपटक पनि झुक्याउनु भयो भने म त हजुरसँग कहिल्यै बाेल्दिन , झन हजुरसँग पाउजु लगाएर छमछम तीजमा नाच्ने भनेको त कहिल्यै नल्याई दिने ” यति भनी सकेर उनी रिसाउदै गइन । उफ मलाई फेरि आघात पुग्याे , मुटु दुख्यो । ठुलो चुनाैती अगाडि आयो । हे भगवान्  कसरी बुझाउ म हिप देखि तलबाटै दुईवटा खुट्टा छैनन्  । घरमा त पुठाे घिसार्दै हिड्छिन् । घर देखि  बाहिर कतै जानू पर्दा हुल्चियरमा जान्छिन् । नाच्न न नाच्छिन पुठठाे घिसार्दै जिउ मर्काई मर्काई , मुखमा पनि अनेकौं भावभङ्गिमा ल्याउदै तर …………….पाउजु…….

               प्रीति अर्याल

Previous Post

रामेछाप प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनको पहिलो चरणको कार्यक्रम सम्पन्न दोस्रो चरणको आज बाट सुरु

Next Post

आखामा आँसु छल्केर रारा बनेको छ ।
यहि आँसु मेरो जिउने साहारा बनेको छ ।

RelatedPosts

कथा-रून नजानेकि केटी…!!
कथा

कथा-रून नजानेकि केटी…!!

October 20, 2021
Next Post
आखामा आँसु छल्केर रारा बनेको छ ।यहि आँसु मेरो जिउने साहारा बनेको छ ।

आखामा आँसु छल्केर रारा बनेको छ ।
यहि आँसु मेरो जिउने साहारा बनेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार