Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नाफामुखी उडानमा भ्याईनभ्याई, रामेछापेलीलाई बोक्दैन विमानले

दोभानचौर खबर by दोभानचौर खबर
April 30, 2023
in अर्थतन्त्र
0
नाफामुखी उडानमा भ्याईनभ्याई, रामेछापेलीलाई बोक्दैन विमानले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । विदेशीलाई डलरमा टिकट बिक्री गरेर धेरै फाईदा हुने लुक्लाको उडानमा मात्र केन्द्रित भएका निजी क्षेत्रका विमान कम्पनीले रामेछाप – काठमाण्डौं उडानका लागि समेत दवाव थालिएको छ ।
रामेछाप विमानस्थल बाट पर्यटकिय सिजनमा लुक्लाका लागि उडान गर्न भ्याईनभ्याई छ । लुक्लाका लागि दैनिक ५० वटा उडान हुदा काठामाण्डौंका लागि एक उडान पनि नराख्दा वायुसेवा कम्पनी संग जिल्लाबासी रुष्ट हुदै आएका छन् । रामेछाप विमानस्थलमा रात्रिकालिन विमान पार्किङ राखेर लुक्लाका लागि उडान गर्ने तारा, सीता र समिट एयरलाई स्थानीयले पटक पटक सातामा कम्तीमा एउटा उडान काठमाण्डौंका लागि राख्न आग्रह गर्दै आएपनि अटेर गर्दै आएका छन् ।
मनग्ये नाफा हुने क्षेत्रमा उडान केन्द्रीत गरेर रामेछाप विमानस्थललाई कमाउने थलोको रुपमा लिएको तर रामेछाप – काठमाण्डौं उडानका लागि चासो नदिए पछि प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले बायुसेवा प्रदायक कम्पनीका प्रतिनिधि समेतको उपस्थितिमा छलफल थालेका छन् । उनले रामेछाप विमानस्थलबाट आर्थिक लाभ लिनेले रामेछापेलीको सुविधाका लागि पनि ध्यान दिनु पर्ने वताएका छन् ।
‘यो विमानस्थल रामेछापेलीका लागि निर्माण भएको हो ’ तामाङले भने – यसबाट सेवा पाउने पहिलो हक रामेछापेलीको नै हो । ‘विदेशीलाई डलरमा उडाउने जहाजले महिनाको करोड कमाउने तर रामेछापबाट काठमाण्डौं उडाउदा थोरै यात्रु हुन्छन् भनेर भाग्ने कार्य निन्दनिय छ ’ तामाङले भने – रामेछापका बासिन्दाले काठमाण्डौं उडान गर्न पाएनन भने विमानस्थलको के काम ? ।
तामाङले रामेछाप विमानस्थलमा हुदै आएको बायुसेवा कम्पनीको मनोमानीको विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणका महाप्रवन्धकको ध्यानाकर्षण समेत गराएका छन् । रामेछापबाट काठमाण्डौंका लागि सातामा कम्तिमा एक उडान राखिदिन महानिर्देशकलाई आग्रह गरेको उनले वताए ।
पर्यटकिय सिजनमा सगरमाथा तर्फ जाने पर्यटकहरुलाई केहि बर्ष देखि रामेछाप विमानस्थलबाट उडाउन थालिएको हो । काठमाण्डौंको विमानस्थलले हवाई चाप थेग्न नसक्ने भएपछि साना विमानलाई रामेछाप विमानस्थलमा राखेर लुक्ला तर्फको उडान गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले निर्देशन दिएको थियो । वायुयान कम्पनीले विदेशी पर्यटकलाई काठमाण्डौंबाट लु्क्लाको हवाई दुरीको झण्डै आधा भागमा पर्ने रामेछाप विमानस्थलबाट पर्यटक उडाउदा लगभग उस्तै डलर पाउने गरेका छन् । काठमाण्डौंं देखि रामेछाप सम्म ४ घण्टा सडक मार्गबाट रामेछाप पु¥याईने पर्यटकलाई जहाजले लुक्ला तर्फ लैजाने गरेको छ । लुक्लाबाट फर्कदा पनि सोहि मार्ग प्रयोग हुन्छ ।
जिल्लाबाट दैनिक झण्डै १ हजार ५ सय पर्यटक ओहोर दोहोर गर्दा सामँन्य चिया पसल बाहेक अन्य व्यापार व्यवसाय हुदैन । गाडिबाट सोझै विमानस्थल पुग्ने पर्यटकहरुलाई फर्कदा लुक्लाको उडानबाट झर्ने वित्तिकै गाडि चढाएर काठमाण्डौ लैजाने गरीएको छ । रामेछापबासीलाई विमानस्थलबाट दैनिक दर्जनौ उडान र अवतरण हुने कुरा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएको छ ।
विमानले काठमाण्डौंको उडान नराख्दा रामेछापेली नागरीक भने लाखौं खर्चेर हेलिकप्टर बाट काठमाण्डौं जानु पर्ने बाध्यता छ । विरामी, असक्त, गर्भवति, शल्यक्रिया गरेर घर फर्कनेहरु, वृद्धवद्धाले सडक मार्गबाट कष्टकर यात्रा गर्नुपरेको छ ।

Previous Post

पत्रकारीता क्षेत्रमा सयोग गर्न तयार छु: मेयर श्रेष्ठ

Next Post

गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

RelatedPosts

राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
नेप्से परिसूचकमा झिनो गिरावट
अर्थ खबर

नौ अङ्कले घट्यो नेप्से

January 21, 2026
Next Post
गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

गर्गगोत्रीय भट्टहरुको वंशावली सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार