रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले संचार माध्यम र त्यसमा सम्लग्न पत्रकाहरुले निमुखाको साहारा बन्नु पर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखाले शुक्रबार देखि मन्थलीमा आयोजना गरेको अनलाइन प्रविधिमा आधारित तालिमको उद्घाटन गर्दै श्रेष्ठले सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सधैब सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘जो सुकै होस नकरात्मक कुराको सार्वजनिक गर्दा समाज सुधारका लागि सहयोग पुग्छ श्रेष्ठले भने पत्रकारहरुको भूमिका निर्वाह गर्दा कोहि कसैले दुध मान्तु दुख्ख पर्ने कुरा हुदैन ।
मन्थली नगरपालिकाले निर्वाचनमा जुनसुकै पार्टीबाट जितेर आएपनि साझा भावनाका साथ काम गर्दै आएको बताउदै उनले नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य ध्यान दिएर काम गर्दै आएको बताए अपनि आधारभूत विद्यालयको नतिजाले हामीलाई सन्तुष्ट पारेको छैन उनले भने अव तपाईहरुको कलम शैक्षिक सत्रको सुधारका लागि चन्नुपर्छ । उनले पत्रकार र संचार क्षेत्रको विकासका लागि मन्चली नगरपालिका सहयोग गर्न तयार रहेको उनल बताए
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण साठमगर, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष नवराज श्रेष्ठले पत्रकारीतामा अनलाईन प्रविधिको शिप प्रदान गर्ने कार्यले जिल्लाको पत्रकारीता क्षेत्रको व्यवसायीक विकासमा सहयोग माने बनाए
५ दिन सम्म बन्ने उक्त तालिममा रामेछाप जिल्लामा क्रियासिल करिव २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमका लागि नेपाल पत्रकार महासंघ रामतिप्रदेश र सम्बली नगरपालिकाले सहयोग गरेका छ