मंसिर ११, शर्मिला बिसुन्के,रामेछाप ।
अन्नको भण्डार मानिने मधेश प्रदेशमा ४३ प्रतिशत किसान परिवारलाई वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । मधेशमा ७ लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको राष्ट्रिय कृषि गणना–२०७८ ले देखाएको छ ।
नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार ६ सय जना अर्थात् ११ लाख ५६ हजार ७१५ परिवार बसोबास गर्ने मधेश प्रदेशमा ७ लाख ३८ हजार ३४० परिवार कृषक रहेको तथ्याङ्क छ । प्रदेशका ८ जिल्लामा रहेका ती कृषक परिवारले ४ लाख ९२ हजार ४९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख छ ।