१२, २०८० ।शर्मिला बिसुन्के, रामेछाप।
मेलुङ गाउँपालिकाका एक पुरुषको रुसमा मृत्यु भएको छ । केही महिना अघि मात्रै रोजगारीको सिलसिलामा रुस पुगेका मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका ३५ वर्षीय राजकुमार रोकाको मृत्यु भएको हो । रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनको गत कात्र्तिक २९ गते नै मृत्यु भएपनि परिवार र आफन्तजनले आज मात्रै मृत्युको खबर पाएका छन् । रसियन सेनामा भर्ती भई बंकर तालिममा रहेका रोकाको आज मृत्युको खबर आएको हो ।
यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई २ महिना अघि रुस गएका थिए । रसियन सेनामा रहेका उनी सहित ३ नेपालीको भिडन्तमा परि मृत्यु भएको हो । अन्य २ जनाको नाम, ठेगना लगायतको विवरण प्राप्त हुन बाँकी रहेको छ ।