सिन्धुलीको मरिण गाउँपालिकामा आज देखि चौथो मरिण महोत्सव सुरु भएको छ ।आगामी पुष १६ गते सम्म चल्ने महोत्सवको एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले उद्घाटन गर्नुभएको छ ।
कृषि, पर्यटन प्रवर्द्धनको लागि सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा महोत्सव आयोजना गरिएको हो । ।
महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले सिन्धुलीको विकासमा आफुँले खेल्नुपर्ने भुमिकामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
सुनकोशी मरिण डाईभर्सन आयोजना निर्माण भएपछि क्यासकेट प्रविधिमा तीन ठाउँमा विद्युत उत्पादन गर्ने गरी डिपिआर निर्माण गर्न लागिएको बताउनुभयो ।
मरिणको दायाँ बायाँ ड्याम निर्माण गर्नको लागि पहल गर्ने बताउनुभयो । मरिण गाउँपालिकालाई आधुनिक सहर निर्माणको लागि प्रक्रिया सुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मातृका भट्टराई, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान, नेकपा माओवादी केन्द्र सिन्धुलीका संयोजक पानीराज बम्जनले महोत्सवले मरिणको कृषि, पर्यटन र साँस्कृतिक पक्षको प्रचार प्रसारमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रवर्द्धनमा विशेष प्राथमिकता दिइनुका साथै विभिन्न प्रकारका एक सय बढी स्टल राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूबाट साङ्गीतिक मनोरञ्जन दिनेछन् ।